४ पुस २०८२, शुक्रबार | December 20, 2025

कालिका माबी बुटवलमा पन्ध्रौ नियमित रक्तदान, चौहानले गरे ७४ औं पटक रक्तदान



बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाज, तिलोत्तमा शाखा र रुपन्देही नागरिक समाजको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमको पन्ध्रौं सृङ्खला सम्पन्न भएको छ । पन्द्रौं सृङ्खलाको नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश महासचिव कृष्ण पंगेनीले उदघाटन गरे । रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गर्दै पंगेनीले रक्तदान अभियान सबैको साझा अभियान भएको बताए । डेंगुका बिरामीहरु बढ्दै जाँदा रुपन्देहीमा रगतको माग बढेको बेला रक्तदान कार्यक्रमलाई बढीभन्दा बढी संचालन गर्नुपर्ने उनले बताए ।

सो अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री ब्यक्तिगत ७४ औ पटक रक्तदान गरे । उनले खबरकुरासँग कुरा गर्दै युवाहरुलाई रक्तदानमा अग्रसर गराउने लक्ष्यका साथ कार्यक्रम चलाईरहेको बताए ।

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखा अध्यक्ष गोविन्द भुसालले संस्थागत रुपमा रक्तदान अभियानलाई चलाउदै आएको बताए ।

कार्यक्रममा नागरिक समाजका सल्लाहकार टेकबहादुर थापा, कालिका मा.वि.का अध्यक्ष होमबहादुर गलामीले रक्तदानको महत्व समुदायमा बुझाउन पनि चोकचोकमा रक्तदानका कार्यक्रम गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा १ सय २ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक शंकर गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  १० : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको