६ भदौ २०८३, शनिबार | August 22, 2026

काठमाडौंको हाँडीगाउँमा बृहत् रक्तदान



काठमाडौं । अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा धन्यन्तरी युवा समूहको आयोजना र ओम अस्पतालको सहकार्यमा हाँडीगाउँमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

‘रक्तदान जीवनदान, जीवनदान महादान भन्ने नाराका साथ आज सामाजिक उत्तरदायित्व र मानव सेवाको भावनालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा स्थानीय, युवा, सामाजिक अभियन्ता, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको धन्यन्तरी युवा समूहका संरक्षक एवं वरिष्ठ अधिवक्ता उद्धब केसीले जानकारी दिए ।

रक्तदान जस्तो मानवीय कार्यमा सबैलाई सक्रिय सहभागिताको आह्वान गर्दै यस्ता अभियानले जनचेतना र जीवन रक्षा दुवैमा महत्त्वपूर्ण भूमिका खेल्ने धन्यन्तरी युवा समूहका सहसचिव धर्मराज खड्काले विश्व व्यक्त गरे । रक्तदान कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाएको धन्यन्तरी युवा समूहका अध्यक्ष धर्म नारायण श्रेष्ठले बताए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार  ३ : १२ बजे

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ : मुख्यमन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय

काठमाडौंमा रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना

चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

काठमाडौं । बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक