११ असार २०८३, बिहिबार | June 26, 2026

कारिकोट चण्डी भञ्ज्याङ् पहाड घर भएका स्याङ्जालीले गरे बुटवलमा रक्तदान



बुटवल । स्याङ्जा कारिकोट चण्डी भञ्ज्याङ् सम्पर्क समाज रुपन्देहीद्वारा शुक्रबार बुटवलमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ३३ युनिट रगत संकलन गरिएको समाजका संयोजक पिताम्बर शर्माले जानकारी दिए ।

रक्तदान, जीवन दान भन्ने मूल नारासहित संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम आयोजना गरेको समाजका अध्यक्ष शालिकराम पाण्डेयले बताए । रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्य तथा एक स्वस्थ मानिस रक्तदानमा सहभागी बन्नुपर्छ भन्ने सन्देशसहित कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रममा बोल्दै नेपाल रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले रक्तदान जस्तो महान अभियानमा मानिसहरुलाई जोड्नका लागि सामाजिक संघ–संस्थाहरुले यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

रगत अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यसहित रक्तदाता समाजले विभिन्न सचेतनामूलक गतिविधिहरु समेत गर्दै आएको बताउँदै चौहानले उक्त अभियानमा अन्य सामाजिक संघ–संस्थाहरु पनि जोडिनु सकारात्मक पक्ष भएको उल्लेख गरे ।

गण्डकी प्रदेश स्याङ्जा जिल्लाको कारिकोट चण्डी भञ्ज्याङ् घर भई हाल रुपन्देहीका बुटवल तथा विभिन्न क्षेत्रमा पेसा व्यवसाय गर्दै अस्थायी तथा स्थायी रुपमा बसोबास गर्नेहरु मिलेर सम्पर्क समाज स्थापना गरिएको हो । उक्त समाजले विभिन्न समयमा सामाजिक सेवा सम्बन्धी सिर्जनात्मक क्रियाकलापहरु सञ्चालन गर्नुका साथै आफ्ना सदस्यहरुमा आइपर्ने विपद् तथा भवितव्य घटनाहरुमा सरसहयोग गर्दै आएको अध्यक्ष पाण्डेयले बताए ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ३ : २५ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा