६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

एघार हजार नौ सय १६ पिन्ट रक्त सङ्कलन



काठमाडौँ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले चारदिनमा ११ हजार ९१६ पिन्ट रक्त सङ्कलन गरेको छ । यही भदौ ६ गतेदेखि आजसम्म देशको विभिन्न स्थानमा गरिएका रक्तदान कार्यक्रममार्फत उक्त परिमाणमा रक्त सङ्कलन गरिएको सो संस्थाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सो संस्थाको पूर्व मुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिज्यूको १८ औँ पुण्य तिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा रक्त सङ्कलन गरिएको केन्द्रले जनाएको छ । केन्द्रले नेपाल र भारतमा गरी १०० घण्टामा एक लाख पिन्ट रक्त सङ्कलन गर्ने लक्ष्य लिएको थियो । नेपालको काठमाडौँ, विराटनगर, नारायणगढ, राजविराज, वीरगञ्ज, पोखरा, दाङ, बुटवल, हेटौँडा, जनकपुर, भैरहवा, धनगढी, पाल्पा, बाग्लुङ र नेपालगञ्जमा रक्त सङ्कलन गरिएको हो ।

भदौ ६ गते एकैदिनमा पाँच हजार ४७ पिन्ट रक्त सङ्कलन भएको थियो । सो परिमाणमा रक्त सङ्कलन हुनु नेपालको सन्दर्भमा हालसम्मकै उच्च रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  ९ : ४७ बजे

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की ।आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

भक्तपुर । भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन