२५ श्रावण २०८३, सोमबार | August 10, 2026

थाकेका छैनन् घण्टाघरका सुई



काठमाडौं । सवा सय वर्षदेखि समयको जानकारी दिँदै आएको रानीपोखरीको घण्टाघरका घडीका सुई अझै थाकेका छैनन् तर घडीका संरक्षणकर्ताले अब तिनलाई विश्राम दिने योजना बुन्दै छन् । त्रि-चन्द्र क्याम्पसको सबैभन्दा पुरानो भवनको पुनर्निर्माण र सँगै जोडिएको घण्टाघरको जीर्णोद्धार हुने भएको छ । परिसरभित्र रहेकाले घण्टाघरको जिम्मेवारी त्रि-चन्द्र क्याम्पसले नै वहन गर्दै आएको छ ।

त्रि-चन्द्र क्याम्पसका प्रमुख प्रा। डा। सुनील अधिकारीले भने, “घडी अझै थाकेको छैन तर दम दिएर साध्यै नचल्ने भयो। अब अटोमेटिक घडी जडान गर्नुपर्छ । अहिलेको घडीलाई क्याम्पसभित्र सङ्ग्रहालय बनाएर राख्नेछौँ ।”

तत्कालीन प्रधानमन्त्री वीरशमशेरले भिरालो जमिनको डिलमा घण्टाघर निर्माण गर्न लगाएका थिए । केही इतिहासकारले १९५१ साल र केहीले १९५७ सालमा घण्टाघर निर्माण भएको लेखेका छन् । त्यससँगै वीर पुस्तकालय पनि स्थापना गरियो र त्यसलाई पुस्तकखाना भनिन्थ्यो । दरबार हाइस्कुलको बुइगलमा राखिएका पुस्तकालयलाई वीर पुस्तकालयमा सारियो ।

त्यसबेला रानीपोखरी घण्टाघर भन्ने चलन थियो । राष्ट्रिय अभिलेखालयमा सुरक्षित रहेको १९५६ सालको दस्तावेजमा पुस्तकखानाका हाकिमअन्तर्गत घण्टाघरको निगरानी गर्न सिपाही ठेकिएको उल्लेख छ । आलोपालो काममा आठ जना सिपाही खटाइएको हुन्थ्यो । उनीहरूले घण्टाघरको सफाइका साथै पालोपहरा दिने गर्थे ।

घण्टाघर संरक्षणका लागि राखिएका ती सिपाहीलाई पुस्तकालय स्याहारको पनि जिम्मा दिइएको सो लिखतबाट प्रस्ट हुन्छ । कुनै सिपाहीले ती दुवै काम गर्न नचाहेमा ‘उनका स्थानमा नयाँ मानिसलाई भर्ना गराउन ल्याउनू र तिनलाई हामी भर्ना गरिदिन्छौँ भन्ने ठाडो आदेश जारी भएको देखिन्छ ।

त्यो भव्य घण्टाघरलाई १९९० सालको भूकम्पले पाताल पु(याइदियो । नयाँ शैलीको घण्टाघर निर्माण गरियो तर घडी उही प्रयोग गरियो । घडी र त्यसमा जोडिएका उपकरण कहीँ कतै पनि निर्माण कम्पनी र देशको नाम उल्लेख छैन । त्रि-चन्द्र क्याम्पसका पदाधिकारी बेलायती घडी भएको सहजै उत्तर दिन्छन् । घण्टाघरका घडी र त्यसका उपकरणको तौल करिब दुई हजार केजी छ । घडीसँग जोडिएका २५ वटा यन्त्र छन् । नौवटा घण्टा छन् । घडीमात्र करिब दुई सय केजीको छ । आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले यो समाचार लेखेकी छन ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ७ : ०२ बजे

प्रतिपक्षले भन्यो – कालो चस्मा खोल्नुस्, प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह

समावेशी सञ्चारका लागि मातृभाषा पत्रकारितामा अन्तरराष्ट्रिय बहस

काठमाडौँ । ‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ नाराका साथ तेस्रो

प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास व्यवसायी आक्रोशित

नेपालगन्ज । स्थानीय प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास

प्रधानमन्त्री बालेन्द्रको कूटनीतिक ‘यू-टर्न’, भारतीय राजदूतसँग पहिलो एकल भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका