२ चैत्र २०८२, सोमबार | March 17, 2026

दीप बोर्डिङमा वाटरकलर वर्कसप सम्पन्न



बुटवल । दीप बोर्डिङ हाई स्कुलमा आइतवार वाटर कलर वर्कसप सम्पन्न भएको छ । आइडब्लुएस नेपाल लुम्बिनी प्रदेशको आयोजना, ड्यानियल स्मिथको सपोर्ट र दीप बोर्डिङ हाई स्कुल तथा कमर्सियल आर्टिस्ट संघ रुपन्देहीको पार्टनरसिपमा सम्पन्न एक दिने वाटरकलर वर्कसपमा दीप बोर्डिङ हाई स्कुलका कक्षा ४ र ९ का विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय जल रङ समाज नेपालका अध्यक्ष एन. बी. गुरुङ, समाजका संस्थापक सदस्य डी.बी. राई तथा नेपाल व्यावसायिक कलाकार संघ, रुपन्देहीका अध्यक्ष वेनप्रसादन थापाले प्रशिक्षण प्रदान गरेका थिए भने कार्यक्रमको संयोजन अन्तर्राष्ट्रिय जल रङ समाज नेपाल, लुम्बिनी प्रदेश संयोजक तथा दीप बोर्डिङ हाई स्कुलकी चित्रकला प्रशिक्षक सुमित्राले गरेकी थिइन ।

कार्यक्रममा अन्तर्राष्ट्रिय जल रङ समाज नेपालका अध्यक्ष एन. बी. गुरुङले चित्रकला र जलरङका बारेमा जानकारी गराएका थिए भने विद्यालयका प्राचार्य टीकाराम न्यौपानले दीप बोर्डिङ हाई स्कुललाई छनोट गरी विद्यार्थीहरूलाई जल रङ र चित्रकलाका बारेमा प्रशिक्षण प्रदान गराएकोमा प्रशिक्षक तथा कार्यक्रम संयोजकलाई हार्दिक धन्यवाद दिए ।

त्यसैगरी उनले प्रशिक्षणमा सहभागी विद्यार्थीहरूलाई विद्यालयको आकर्षक चित्र तयार गर्न निर्देशन दिँदै तयार हुने चित्रहरूमध्ये प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई आकर्षक पुरस्कार विद्यालयद्वारा प्रदान गरिने कुरा बताएका थिए ।

दीप बोर्डिङ हाई स्कुलका प्राचार्य टीकाराम न्यौपानेको सभाध्यक्षता, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, कक्षा ९ र १० का संयोजक के.बी. खाम्चा, रेखा आचार्य, सन्दिप बस्याल लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुमित्रा रानाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन पुरुषोत्तम पाण्डेयले गरेका थिए ।

 

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ८ : ३२ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित