७ चैत्र २०८२, शनिबार | March 21, 2026

गोपाल योञ्जन सिर्जना सम्मान २०२२ बाट वरिष्ठ संगीतकार शाान्ति ठटाल सम्मानित



दार्जिलिङ । वरिष्ठ संगीतकार तथा गायिका शान्ति ठटाल गोपाल योञ्जन सिर्जना सम्मान २०२२ बाट सम्मानित भएका छन् । गोपाल योञ्जन प्रतिष्ठानले आइतबार दार्जिलिङको गोरखा रंगमञ्च भवनमा आयोजित व्यांग्यकार गोपाल योञ्जनको ७९औं जन्मजयन्तीको अवसरमा आयोजित विशेष कायर्क्रममा संगीतकार तथा गायिका ८४ वर्षीया सुश्री ठटाललाई एक लाख भारतीय नगदसहित कदरपत्रले सम्मानित गरेको हो ।

उनलाई वरिष्ठ संगीतकार अशोक राईलगायतले दोसल्ला ओडाई सम्मानित गरे । सम्मान ग्रहणपछि ठटालले नेपाली संगीत जगतका मूर्धन्य व्यक्तित्व गोपाल योञ्जनको नाममा स्थापना भएको सम्मानबाट सम्मानित हुन पाउनु जिन्दगीकै सबैभन्दा सुखद, ठूलो र आनन्दको क्षण भएको भन्दै प्रसन्नता व्यक्त गरे ।

गोपाल योञ्जन नेपाली संगीत क्षेत्रको सिंगो विश्वविद्यालय भएको बताउँदै उनले जोकोहीले गोपाललाई बुझ्न नसक्ने जिकिर गरे । त्यसैले गोपाल योञ्जनका प्रत्येक गीतको अर्थ बुझाउँदै त्यसको भाव र गहिराइको बारेमा अन्तर्क्रया गर्ने कार्यक्रम आगामी दिनमा गर्दै जानुपर्ने आवश्यकता ठटालले औंल्याए ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  १० : ३० बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका