२ असार २०८३, मंगलबार | June 16, 2026

रुपन्देहीमा शुरु भयो नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी



बुटवल । जिल्ला खेलकुद विकास समिति रुपन्देहीले पोखरामा हुन गैरहेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी शुरु गरेको छ । तयारी शुरु भएको जानकारी दिन आज बुटवलमा समितिले गरेको पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष भुपेन्द्र बहादुर थापाक्षेत्री (हरि) ले प्रदेश सरकारबाट बजेटको आवश्यक प्रतिवद्घता भएपनि अनिश्चित भएकोे बताए । प्रदेशबाट बजेट नआएपनि जिल्ला खेलकुद विकास समिति आफै व्यवस्था गरेर छनौटको तयारीमा लाग्ने उनले बताए । ‘आश मारेको छु ।’–उनले भने । ।

नवौमा भाग लिने ३६ वटा खेललाई विभाजन गरि संयोजक तोकेर अघि बढेको उनले जानकारी दिए । साउन ३० गतेभित्र भाग लिन सकिने खेलहरुको अन्तिम निर्णय गर्ने उनले बताए ।

खेल सम्बद्घ संस्था र क्लबहरुलाई एउटै छातामुनि ल्याउने गरि खेल संस्था र क्लब दर्ताको सुचना समेत बाहिर ल्याएको बताउँदै उनले खेल संस्था दर्ता गर्न १० हजार, क्लब दर्ता गर्न ५ हजार तोकिएको बताए । जिल्लाको सिफारिस बिना प्रतियोगितामा खेलाडीहरुले रुपन्देहीको नाममा भाग लिन नपाउने उनले बताए । जिल्लाले अस्थाई प्रशिक्षकको योजनासहित तयारी गरिएको जनाउँदै क्षेत्रीले विद्यालयहरुसंग समन्वय गरि प्रशिक्षक जिल्लाबाट दिने ब्यवस्थापनको काम गरिने बताए । साउन २५ देखि भदौ ५ गतेसम्म प्रशिक्षण गराउने तयारीमा रहेको उनले बताए ।

रुपन्देही जिल्लामा तेक्वान्दो-२, कराते-३, शारीरिक सुगठन -१, हेन्ड बल-१, कार्यालय प्रमुख १ गरेर ८ जना रहेका छन । राखेपले ३६ वटा खेललाई मान्यता दिएको भए पनि रुपन्देहीबाट बढिमा २८ वटा खेलमा भाग लिएको ईतिहास भेटिएको उनले बताए ।

सरकारी बजेटको पर्खाईमा लामोसमय बितिसकेको भन्दै अब थोरैथोरै सहयोग जुटाएर काम गर्ने बताए । अनुमानित ५० लाख खर्च हुने भएपनि कुनै बजेट नरहेको उनले बताए ।

नवौं राष्ट्रिय खुलकुद असोजको २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा हुने छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ७ : १४ बजे

भित्ते चित्रमा झल्कियो बुटवलको इतिहास, संस्कृति र गौरवगाथा (फोटो फिचरसहित)

बुटवल । बुटवल उपमहानगरपालिकाअन्तर्गत लुम्बिनी बस टर्मिनल (नयाँ बसपार्क) को

उरुग्वे र साउदी अरबबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र

स्पेन र केप भर्डेलबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता

मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न

भक्तपुर । तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि छलफल हुने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।