२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

समाजवादी केन्द्रको विकास र नेतृत्व नेकपा (माओवादी केन्द्र)ले मात्र गर्न सक्ने : कृष्णबहादुर महरा



लमही । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले आगामी मंसिर ४ मा हुने निर्वाचनमा नेकपा (माओवादी केन्द्र) लाई विजयी बनाउने गरि क्रियाशिल हुन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को लुम्बिनी प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई दाङको लमहीमा सम्वोधन गर्दै उपाध्यक्ष महराले माओवादी केन्द्रको जनमत सुधार गर्नका लागि जनतामै जानुपर्ने बताए । उनले नेपाली जनताको आमूल परिवर्तन गर्नका लागि जनतासँग नै एकीकृत भएर जानुपर्ने औंल्याए । “यदी हामी पार्टी बनाउन चहान्छौ भने जनतातिर जाऔ, जनतालाई सधै प्राथमिकता दिएर अगाडि बढौँ, जनताको बीचमा गएर पार्टीलाई सुधार गरौँ ।” उनले भने ।

उपाध्यक्ष महराले समाजवादी केन्द्रको नेतृत्व र विचार नेकपा (माओवादी केन्द्र) नै भएको दाबी गर्दै सबै कम्युनिष्टहरु र समाजवादी शक्तिहरुले समाजवादी आन्दोलनलाई केन्द्रीत गरेर अगाडि बढाउनु पर्ने बताए । उनले अध्यक्ष प्रचण्ड जापानबाट फर्केपछि स्थायी समितिको बैठक बसेर छिट्टै पदाधीकारीको टुङ्गो लगाउने पनि जानकारी दए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणी खनाल (बलदेव) ले राजनीतिक रुपमा लुम्बिनीमा प्रभावलाई अझै गति दिर्दै अगाडि बढ्नका लागि पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिए । आगामी निर्वाचनमा माओवादी केन्द्रलाई विजय गराउनको लागि लुम्बिनी प्रदेशमा पार्टीका नेता तथा कार्यकताहरुले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रुाद केसीले लुम्बिनी प्रदेश सरकारले आफ्नो कार्य सम्पादन अब्बल रहेको बताउँदै अझै त्यसलाई सुधार गरी आफूले पार्टीको शिर उच्च राख्ने गरी नै काम गरिरहेको बताए । उनले आफ्नो पार्टीको सरकार हुँदा सकेजति र श्रोत भएजति जनमुखि कार्य गरिरहेको बताउँदै त्यसलाई जनताको आम जीवनस्तर बढल्ने गरी लाग्न पर्ने बताए ।

मुख्यमन्त्री केसीले सरकारले आम जनताको आवश्यकतालाई सम्वोधन गरेको बताउँदै त्यसलाई आमजनतासम्म लग्नु पर्ने बताए ।

राजनीतिक बैचारिक रुपमा प्रशिक्षण सञ्चालन गर्नका लागि स्कुलिङ समिति निर्माण गर्नु पर्ने, स्थानीयततहरुमा संगठन निर्माण गर्ने, जववर्गिय संगठनहरुको भेला प्रशिक्षण गर्नु पर्ने , आर्थिक प्रणालीलाई व्यवस्थित गर्नुपर्ने, र खाता सञ्चालन गर्नुपर्ने, आर्थिक अनुसासन कायम राख्नु पर्ने बैठकले निर्णय गरको माओवादी केन्द्रका लुमिबनी प्रदेश कमिटीका अध्यक्ष सुदर्शन बरालले बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ४ : ४० बजे

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत

आइ क्यान एजुकेशनको नयाँ पहल : मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो सामग्री

बुटवल । विद्यार्थीहरुमा मानसिक स्वास्थ्यबारे खुला संम्बाद प्रोत्साहन गर्ने उद्देश्यसहित

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल

अव पत्रकार महासंघ बाँकेको आफ्नै सभा हल : अध्यक्ष चौधरीद्वारा उद्घाटन

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आजबाट आफ्नै सभाहल

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन