३१ भदौ २०८३, बुधबार | September 16, 2026

टेबुल टेनिसका राष्ट्रिय च्याम्पियन स्यान्टुको बिदाई



काठमाडौं । टेबुल टेनिसका राष्ट्रिय च्याम्पियन स्यान्टु श्रेष्ठलाई मंगलबार एक कार्यक्रमविच अखिल नेपाल टेबल टेनिस संघले उज्वल भविष्यको शुभकामना सहित बिदाई गरेको छ ।

संघको लैनचौरस्थित टेबल टेनिस कभर्डहलमा संघका राष्ट्रिय अध्यक्ष चतुरानन्द राजबैद्यले च्याम्पियन श्रेष्ठलाई खादा तथा राष्ट्रिय झण्डा प्रदान गरेर विदाई गरे ।

यस्तै, श्रेष्ठलाई संघका बरिष्ठ उपाध्यक्ष एवं काठमाण्डौ जिल्ला टेबल टेनिस संघका अध्यक्ष धर्ममान बज्राचार्य, प्रमुख प्रशिक्षक संजीव कुमार ढुङ्गेल, प्रशिक्षकहरु, खेलाडीलगायतले खादा, अविरसहित उज्वल भविष्यको लागि शुभकामना सहित बिदाई गरे ।

राष्ट्रिय च्याम्पियन स्यान्टु उच्च शिक्षा अध्यन गर्नका लागि अष्ट्रेलिया प्रस्थान गर्ने कार्यक्रम छ । ३ पटकको च्याम्पियन स्यान्टुले दक्षिण एशियाली खेलकुदमा १ रजत र ३ कास्य पदक प्राप्त गर्न सफल भएका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ६ : ५१ बजे

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०