६ आश्विन २०८३, मंगलबार | September 22, 2026

बुटवलमा विजनेश इन्कुवेशन तालिम कार्यक्रम सुरु



बुटवल । बुटवलमा विजनेश इन्कुवेशन कार्यक्रम सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, अन्तरप्रेरणा, युवा उद्यमी मञ्च रुपन्देही र लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा बुटवलमा विजनेश इन्कुवेशन (नवउद्यमशाला) कार्यक्रम सुरु गरिएको हो ।

मंगलबारदेखि सुरु गरिएको विजनेश इन्कुवेशन कार्यक्रम मास्टर क्लास (तालिम)को उद्घाटन गर्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले नवउद्यमीलाई सफल उद्यमी बनाउनको लागि विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गरिएको बताए । तालिमले नवउद्यमीलाई ज्ञान र सीप प्रदान गर्ने बताउँदै त्यसबाट सिकेको ज्ञान र सीपको प्रयोगले सवल तथा सक्षम उद्यमीको रुपमा उभ्याउने विश्वास व्यक्त गरे ।

चार वटा संस्थाको सहकार्यमा यस अगाडि पनि पहिलो चरणको विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गरिएको थियो । त्यो कार्यक्रम सहभागि भएकाहरु अहिले राम्रो उद्योगीको रुपमा स्थापित भएको अध्यक्ष कसजूले जानकारी दिए । कार्यक्रम तिन महिनासम्म सञ्चालन गरिने जनाइएको छ ।

तालिमको उद्घाटन कार्यक्रममा युवा यद्यमी मञ्च रुपन्देहीका अध्यक्ष निरज लाकौल, लुम्बिनी वाणिज्य क्याम्पसका उपप्राध्यापक डिल्लीराज गौतम, अन्तरप्रेरणाकी श्रद्धा शाक्य, सुदृढ परियोजना बुटवलकी संयोजक वेवी शाह, संघका कार्यक्रम अधिकृत तथा विजनेश इनकुवेशन कार्यक्रमका फोकल प्रसन केशव ढकाल लगायतले विजनेश इन्कुवेशन कार्यक्रमका बारेमा भनाई राख्दै यसबाट लाभ लिन तालिममा सहभागिलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १२ : ५२ बजे

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज, केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत