१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बुटवलमा विजनेश इन्कुवेशन तालिम कार्यक्रम सुरु



बुटवल । बुटवलमा विजनेश इन्कुवेशन कार्यक्रम सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, अन्तरप्रेरणा, युवा उद्यमी मञ्च रुपन्देही र लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा बुटवलमा विजनेश इन्कुवेशन (नवउद्यमशाला) कार्यक्रम सुरु गरिएको हो ।

मंगलबारदेखि सुरु गरिएको विजनेश इन्कुवेशन कार्यक्रम मास्टर क्लास (तालिम)को उद्घाटन गर्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले नवउद्यमीलाई सफल उद्यमी बनाउनको लागि विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गरिएको बताए । तालिमले नवउद्यमीलाई ज्ञान र सीप प्रदान गर्ने बताउँदै त्यसबाट सिकेको ज्ञान र सीपको प्रयोगले सवल तथा सक्षम उद्यमीको रुपमा उभ्याउने विश्वास व्यक्त गरे ।

चार वटा संस्थाको सहकार्यमा यस अगाडि पनि पहिलो चरणको विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गरिएको थियो । त्यो कार्यक्रम सहभागि भएकाहरु अहिले राम्रो उद्योगीको रुपमा स्थापित भएको अध्यक्ष कसजूले जानकारी दिए । कार्यक्रम तिन महिनासम्म सञ्चालन गरिने जनाइएको छ ।

तालिमको उद्घाटन कार्यक्रममा युवा यद्यमी मञ्च रुपन्देहीका अध्यक्ष निरज लाकौल, लुम्बिनी वाणिज्य क्याम्पसका उपप्राध्यापक डिल्लीराज गौतम, अन्तरप्रेरणाकी श्रद्धा शाक्य, सुदृढ परियोजना बुटवलकी संयोजक वेवी शाह, संघका कार्यक्रम अधिकृत तथा विजनेश इनकुवेशन कार्यक्रमका फोकल प्रसन केशव ढकाल लगायतले विजनेश इन्कुवेशन कार्यक्रमका बारेमा भनाई राख्दै यसबाट लाभ लिन तालिममा सहभागिलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १२ : ५२ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर