१६ माघ २०८२, शुक्रबार | January 30, 2026

पोखराको प्याराग्लाइडिङ जोगाउने प्रयास हुन्छः मन्त्री श्रेष्ठ



पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थल सन्चालनको खवरले सबैभन्दा चिन्ता यहाँका प्याराग्लाइडिङ ब्यवसायीलाई छ। विदेशबाट जहान ल्यान्ड हुनुअघि प्याराग्लाइडिङ ब्यवसाय विस्थापित हुने भयले उनीहरू दैनिकजसो डेलिगेसन गैरहन्छन् ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सकेसम्म प्याराग्लाइडिङ ब्यवसाय विस्थापित हुन नदिने बताए । पोखरामा पत्रकारहरूले प्याराग्लाइडिङ ब्यवसायको भविष्यबारे प्रश्न गरेपछि उनले भने, ‘ब्यवसायीसँग कुरा भएको छ । यो पोखराको ब्रान्डिङ हो, संरक्षण गर्नुपर्‍यो भनेर माग गर्नुभएको छ । सुरक्षामा असर नपर्ने भए जोगाएर जानुपर्छ, प्राविधिकसँग छलफल गर्छौं ।’

पोखरामा ६० वटा प्याराग्लाइडिङ कम्पनी दर्ता छन् । जसमा तीन सय ७५ नेपाली पाइलट कार्यरत छन् । प्याराग्लाइडिङ पोखराको ब्राण्ड पनि हो ।

श्रेष्ठले निर्माणाधीन विमानस्थल १ जनवरीदेखि सन्चालनमा ल्याइने बताए । प्राधिकरणले यसअघि नै अन्तर्राष्ट्रिय उडानबारे निर्णय गरेको छ । तर आन्तरिक तयारी भने भएको छैन । पोखरा महानगरको ल्यान्डफिल साइट सार्नुपर्नेदेखि पूर्वतर्फको रिठ्ठेपानी डाँडा ४० मिटर काट्नुपर्ने अनिवार्य सर्त छ । विमानस्थलमा सुरक्षा युनिट र इन्धन डीपो बनाएको छैन । उडान मिति तोकेपछि मात्रै अन्तर्राष्ट्रिय जहाज कम्पनी र उडान रुटबारे छलफल हुने श्रेष्ठ बताउँछन् ।

‘९८ प्रतिशत काम सकिएको जानकारी पाएका छौं । १ जनवरीबाट उडान हुन्छ । अब सरकारले जहाज कम्पनी र फ्लाइट रुटबारे छलफल अघि बढाउँछ,’ उनले भने । कोरोनाका कारण पर्यटन क्षेत्रमा नकारात्मक असर परेको भन्दै उनले यो एयरपोर्ट चलेपछि उत्साह आउने बताए ।

‘२०२३ देखि २०३३ लाई भ्रमण दशक भनेर घोषणा गरेका छौं । योसँगै पर्यटन क्षेत्रको नीति निर्माण र पूर्वाधार बनाउने काममा जोड दिएका छौं,’ उनले थपे, ‘नेपाललाई विश्वको पर्यटकको गन्तब्यस्थल बनाउन कार्ययोजना बनाएका छौं । यो एयरपोर्टले गण्डकी प्रदेशको समग्र विकासमा टेवा पुग्छ ।’

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  २ : ०४ बजे

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी । अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस

निर्वाचन आउन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र