१७ माघ २०८२, शनिबार | January 31, 2026

खोला मिचेर प्लटिङ र घर, बर्सेनि बाढीको बबन्डर



काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित मनोहरा फाँटमा अव्यवस्थित रूपमा गरिएको प्लटिङका कारण बर्सेनि बाढीले बबन्डर मच्चाउने गरेको छ । बर्खायाम सुरु भएपछि सामान्य डुबानमा परिरहेको मनोहरा फाँटसहित आसपासका बस्ती मङ्गलबार रातिदेखि भएको भीषण वर्षाका कारण जलमग्न भए ।

मनोहरा मात्र होइन, काठमाडौँ उपत्यकाका मुख्य नदी र खोलाको नै अवस्था उही हो। कागेश्वरी मनोहरासँगै गोकर्णेश्वर नगरपालिकामा पनि डुबान र पहिरोको प्रताडनामा स्थानीयवासी परेका छन् । भौतिक संरचनासँगै स्थानीयवासीले लगाएको तरकारी र धान बालीमा पनि बाढीले क्षति पु(याएको छ ।

कागेश्वरी मनोहराका नगरप्रमुख उपेन्द्र कार्कीका अनुसार वडा नं. १, २, ३ र ५ मा बाढीले क्षति पु(याएको छ । उनले मनोहरा खोलामा आएको बाढीका कारण पाँचवटा घरटहरा र तीनवटा साना उद्योग बगाएको बताए । उनले भने, “फोहोरमैला व्यवस्थापन गर्ने पाँचवटा गाडी, प्रहरी चौकीको भौतिक संरचनामा क्षति पुगेको छ भने खोला आसपासका कैयौँ पर्खाल बाढीले बगाएको छ । अधिकांश संरचना खोला मिचेर बनाएकै कारण बगेका हुन् ।”

कागेश्वरी मनोहरामा बागमती नदीसँगै मनोहरा र महादेव खोलाले किनार क्षेत्र र फाँटमा बनाइएका बस्तीमा क्षति पु(याएको छ। मनोहराका स्थानीय रामजी खड्काले खोलाको बगरमा प्लटिङ गरेका कारण उपल्लो क्षेत्रमा खोला सोझिएको बताए । उनले भने, “मनोहरा खोलाको फाँटमा बाली लगाइन्छ। अहिले पनि धेरै बासिन्दाले धान रोप्नुभएको छ तर १० वर्षयता भूमाफियाले धमाधम प्लटिङ गरेका कारण खोला फाँटभन्दा वरपरका बस्तीमा पुग्न थालेको हो ।”

२०४० सालदेखि कागेश्वरी मनोहरा-६ मा बस्दै आएका खड्काले केही वर्षयता मात्रै बाढीले भीषण रूप लिन थालेको बताए । उनले उक्त क्षेत्रमा गरिएको प्लटिङ बगाएर त्यसमाथि खोला कुद्न थालेको बताए । उनले भने, “खोलाले धार फेरेर प्लटिङ बगायो, त्यसमाथि बालुवा भरियो, बगर नजिकका अरू प्लटिङका कारण फेरि बाढीको समस्या सुरु भयो ।” आजको गोरखापत्र दैनिकमा अशोक अधिकारीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ७ : ०४ बजे

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष बिष्णुप्रसाद

अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई

घोषणापत्रमा ‘भिजन-१०’ समेट्दै कांग्रेस, सुशासन र कार्यान्वयन योग्य योजनामा जोड

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने चुनावी

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

मुस्ताङ । भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ