२३ श्रावण २०८३, शनिबार | August 9, 2026

बैतडीको पाटन नगरपालिकाको निर्णय, महिला मात्रै उपभोक्ता समिति अध्यक्ष बन्न पाउने



बैतडी । बैतडीको पाटन नगरपालिकाले नगरभित्र सञ्चालन हुने योजनाका उपभोक्ता समिति अध्यक्षमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बैठकले उपभोक्ता समितिको प्रमुख पदमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको उपमेयर कमलसिंह बोहराले बताए । नगर कार्यपालिकाको पहिलो बैठकले उक्त निर्णय गरेको उनको भनाइ छ ।

‘योजनाको अधिकम लाभग्राही महिला नै हुन्छन् । खानेपानी, बाटो, बर्थिंग सेन्टर जे बनाए पनि त्यसको बढी प्रयोगकर्ता महिला नै हुन्छन् । त्यसैले निर्माणको जिम्मेवारी समेत उनीहरूलाई दिँदा काम भरपर्दो हुन्छ । यसका साथै महिला इमान्दरीताका साथ काम गर्छन्,’ उनले भने ।

उपभोक्ता समिती गठनका क्रममा आफूहरू फिल्डमै उपस्थित भई महिलालाई अध्यक्ष बनाउन पहल गर्ने बोहराले बताए ।
नगरपालिका भित्र संचालन गरिने हरेक आयोजनाको काम प्रभावकारी ढंगले सम्पन्न गर्न पहल गर्ने उनले बताए ।

चैत मसान्त मसान्तभित्र सबै योजनाको काम सम्पन्न गरिसक्ने र काममा ढिलासुस्ती गर्ने उपझोक्ता समितिलाई भुक्तानी नदिने समेत उनले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  १० : १९ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी