१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

नेपालमा एक वर्षमा विदेशबाट भित्रन्छ ३ अर्ब ६९ करोडभन्दा बढीको सुर्ती र सुर्तीजन्य पदार्थ



काठमाडौं । नेपालमा एक वर्षमा साढे तीन अर्ब रुपैयाँभन्दा बढीको सुर्ती र सुर्तीजन्य पदार्थ विभिन्न देशबाट भित्रने गरेको पाइएको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा मात्र विभिन्न देशबाट नेपालमा ३ अर्ब ६९ करोड २७ लाख ८९ हजार रुपैयाँको सुर्ती र सुर्तीजन्य पदार्थ भित्रिएको छ ।

गत वर्ष सुर्ती मात्र २ अर्ब ९८ करोड ४१ लाख ६५ हजार रुपैयाँको नेपाल भित्रिएको विभागले जनाएको छ ।

सोही अवधिमा ३ करोड ८८ लाख ३८ हजार रुपैयाँको विभिन्न विदेशी चुरोट भित्रिएको छ ।

पछिल्लो समय नेपालमा हुक्काको पारखीहरु पनि बढ्दै गएको विभागको तथ्याङ्कले देखाउँछ । गत वर्ष ८ करोड ७८ लाख १४ हजार रुपैयाँको ‘हुक्का फ्लेवर’ भित्रिएको विभागले जनाएको छ ।

विभागका अनुसार भारत, चीन, हङकङ, ताइवान, कम्बोडिया, जर्मनी, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, फिलिपिन्स, सर्विया, युनाइटेड अरब इमिरेट्स, जोर्डन, अमेरिका, मलेसिया लगायतका देशबाट नेपालमा चुरोट, सुर्ती र सुर्तीजन्य पदार्थ आउने गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालमा ३ अर्ब १८ करोड ७० लाख ६६ हजार रुपैयाँको चुरोट, सुर्ती र सुर्तीजन्य पदार्थ विभिन्न देशबाट भित्रिएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ५ : ३० बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित