१८ पुस २०८२, शुक्रबार | January 2, 2026

७५औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा पाकिस्तानी दूतावासद्वारा ‘नेपाल और उर्दू अदब’ कार्यक्रम आयोजना



काठमाडौं । ७५औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपाल और उर्दू अदब नामक साहित्यिक कार्यक्रम आयोजना गरेको छ ।

नेपाल र पाकिस्तानबीचको साहित्यिक सम्बन्धलाई उजागर गर्नु र विशेषगरी दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउन कार्यक्रम आयोजना गरिएको पाकिस्तानी दूतावासले जनाएको छ ।

ठमेलस्थित होटल अलफ्टमा आयोजित कार्यक्रमको प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल थिए भने नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती विशेष अतिथिका रुपमा रहेका थिए । कार्यक्रममा राजनीतिज्ञ, सेवानिवृत्त तथा सेवानिवृत्त पदाधिकारी, बुद्धिजीवी, सामाजिक अभियन्ता, पत्रकार, साहित्यकार, विश्लेषकलगायत समाजका विभिन्न तहका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

नेपाल, पाकिस्तान र युएईका प्रसिद्ध कविहरू डा जुबैर फारुक, डा. साकिब हारूनी, सैयद खालिद मोहसिन, सहर महमूद, इम्तियाज वाफा, जमशीद अन्सारी, फुरकान फैजी, असद कामरान, भोन निस्तज, शान्ति शर्मा, जफर अहमद अलिग र संगीता पामगारले कार्यक्रममा आआफ्नो साहित्यिक रचना वाचन गरेका थिए ।

कार्यक्रममा नेपाली लेखक तथा कवि डा अब्दुल मुबीन खानद्वारा लिखित पुस्तक “अहाङ–ए–हिमाला” पनि लोकार्पण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि शिक्षामन्त्री पौडेलले शिक्षा र स्वास्थ्य क्षेत्रमा पाकिस्तान सरकारको प्रयासको प्रशंसा गर्दै दुवै देशका नेपाली र उर्दू भाषी कविहरूलाई एकै ठाउँमा ल्याएर साहित्यिक कार्यक्रम आयोजना गरेकोमा पाकिस्तानी दूतावासको प्रशंसा गरे।

विशेष अतिथि गंगाप्रसाद उप्रेतीले साहित्यको प्रवद्र्धनमा पाकिस्तानी दूतावासले गरेको प्रयासको प्रशंसा गरे ।

नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले सहभागी सबै कवि तथा लेखकहरूको प्रशंसनीय योगदानको प्रशंसा गरे । उनले विभिन्न क्षेत्र र देशका मानिसहरूलाई एकै ठाउँमा ल्याउन उर्दूको भूमिकालाई समेत प्रकाश पारे। उनले नेपाल र पाकिस्तानका साहित्यिक निकायहरूबीचको सहकार्यात्मक सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ९ : ०७ बजे

पुस ३० गतेबाट नेपालगन्जमा व्यापार महोत्सव

नेपालगन्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना

‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर–लुम्बिनी–पोखरालाई जोड्न जरुरी’

चितवन । सरोकारवालाले तीन पर्यटकीय गन्तव्य भरतपुर–लुम्बिनी–पोखरालाई जोडेर पर्यटन विकास

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैन : योगेश भट्टराई

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उपमहासचिव योगेश भट्टराईले आगामी

बहुमतको बलमा विशेष महाधिवेशन पक्षधरलाई दबाउन खोजियो, मान्य हुँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापाले बहुमतको नाममा विशेष

पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको अवलोकन गरेकी छन्