३२ असार २०८३, बिहिबार | July 16, 2026

पुस ३० गतेबाट नेपालगन्जमा व्यापार महोत्सव



नेपालगन्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना एवम् महिला उद्यमी समिति नेपालगन्ज उपमहानगरपालिका समितिको सह-आयोजनामा नेपालगन्जमा आठौं प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव हुने भएको छ । पुस ३० गतेदेखि माघ १० गतेसम्म सडक डिभिजन परिसर नेपालगञ्जमा महोत्सव संचालन हुने आयोजकहरुले जनाएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको कार्यालय भवन निर्माणार्थ ‘मेहनत, श्रृजना, उत्पादन र बस्तु मेरै नेपालको’ भन्ने मूल नाराका साथ आठौं प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव गर्न लागिएको आयोजक समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिए ।

महोत्सवमा २०० देखि २५० वटासम्म नविनतम् प्रविधिजन्य उत्पादनहरु, महिलाद्वारा संचालित उद्यम तथा स्थानीय स्तरमा उत्पादित बस्तुहरुको स्टल मेलाको प्रमुख आकर्षणको रुपमा रहने महोत्सवका सह(संयोजक विष्णु प्रसाद खनालले जानकारी दिए ।

महोत्सवमा नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति कोहलपुर पालिका समिति, खजुरा पालिका समिति, बैजनाथ पालिका समिति, राप्तिसोनारी पालिका समिति, जानकी पालिका समिति, डुडुवा पालिका समिति र नरैनापुर पालिका समितिले सहकार्य गरेका छन् ।

स्थानीय स्रोतको सदुपयोग गरी उत्पादन गरिएका लघु, घरेलु तथा साना उद्योगहरुको उत्पादित बस्तुहरुको दिगो बजार पहुँच स्थापित गर्ने महोत्सवको उद्देश्य रहेको आयोजकले जनाएको छ । देशभित्रका सबै प्रकारका उत्पादनमूलक उद्योगका अलावा कृषि, वन पैदावार, हस्तकला, उर्जा, बायोग्यास लगायत पर्यटन, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका स्टलहरु रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

आयोजकका अनुसार मेला अवधिभर १ लाख ५० हजारदेखि २ लाखसम्म दर्शक भित्र्याउने लक्ष्य लिएको छ । महोत्सवमा बाँके जिल्लाभित्र रहेका तथा सम्भावना बोकेका पर्यटकीय स्थलहरु बागेश्वरी मन्दिर, बाँके राष्ट्रिय निकुञ्ज, सन्तानेश्वर बाबाको मन्दिर, वर्फानी बाबाको मन्दिर, वाटरपार्क, गाभर भ्याली लगायतलाई राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुऱ्याउनेमा पनि महासंघ विश्वस्त रहेको महोत्सवका संयोजक खत्रीले बताए ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ९ : २५ बजे

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै

काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक