२१ बैशाख २०८३, सोमबार | May 4, 2026

एभरेष्ट माविद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न



बुटवलन । बुटवल सख्खानगरमा रहेको एभरेष्ट ईङ्गलिस माध्यमिक विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि शैक्षिक अभिमुखिकरण तथा स्वागत कार्यक्रम गरेको छ ।

विद्यालयले शनिबार कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरुका लागि शैक्षिक सिकाई, अभ्यास, नेतृत्व विकास र अध्ययन क्षमतावृद्धिका विषयमा एक दिने अभिमुखिकरण कार्यक्रम गरेको हो ।

वरिष्ठ उत्प्रेरक डाक्टर ताराप्रसाद गिरीले विद्यार्थीलाई जीवन जिउने कला, सीप र अध्ययन क्षमतावृद्धिका विषयमा सहजिकरण गरेका थिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कक्षा ११ का नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रमको उद्घाटन गर्दै लुम्विनी प्रदेश शिक्षा निर्देशनालयका निर्देशक मनोज गैरेले शिक्षक सिकाईमा निजी विद्यालयको योगदान महत्वपुर्ण रहेको बताए ।

विद्यार्थीको अध्ययन तथा सिकाईका लागि शिक्षक, अभिभावकसँगै शैक्षिक संस्थाको वातावरण पनि उत्तम हुनु पर्ने उल्लेख गर्दै निर्देशक गैरेले नम्बरका आधारमा विषय छनोट तथा अध्ययन गर्नु भन्दापनि लगन र मेहनत गरे जस्ता सुकै उपलब्धीहरु हात पार्न सकिने बताए ।

कार्यक्रममा हिसान नेपालका केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेल, नेशनल प्याब्सनका केन्द्रीय सदस्य विष्णु पौडेल, प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, विद्यालय ब्यवस्थापन समितिका सदस्य टंकप्रसाद कण्डेल, विद्यालयका प्राचार्य कृष्ण न्यौपाने, अभिभावक गोपाल अधिकारी, विद्यार्थी आशिष आचार्य, स्नेहा गौतम लगायतले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा विज्ञान र ब्यवस्थापन संकाय अध्ययन गर्ने ४ सयबढी नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरिएको विद्यालयका सहायक प्राचार्य भिमसेन गौतमले जानकारी दिए । दशजोड दुईमा अध्यापन गराउने अध्यापक तथा कर्मचारीहरुलाई सोही कार्यक्रमको अवसर पारि सम्मान गरिएको थियो भने विद्यार्थीहरुले आआफ्ना साँस्कृतिक प्रस्तुतिहरु पनि देखाएका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ५ : ४२ बजे

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा

खजुरा क्षेत्रको राजमार्ग फराकिलो बनाउन माग गर्दै स्थानीयबासीको ज्ञापनपत्र

खजुरा । बाँके खजुराका स्थानीयबासीले नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा

बुटवलमा दोस्रो संस्करणको राष्ट्रिय महिला फुटबल प्रतियोगिता बैशाख २६ गतेदेखी

बुटवल । बीस पचहत्तर युवा परिवार बुटवलको आयोजनामा दोस्रो संस्करणको

संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले