६ भदौ २०८३, शनिबार | August 22, 2026

कोभिडका कारण रोजगारी गुमाएका लुम्बिनी प्रदेशका ६ सय ‘रिटर्निङ माइग्रेट’ रोजगारमूलक सीप सिकेर दक्ष बन्दै



बुटवल । कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्किएका लुम्बिनी प्रदेशका ६ सय ‘रिटर्निङ माइग्रेट’ रोजगारमूलक सीप सिकेर दक्ष बन्दैछन । सरकारले दातृ संस्थासँग सहकार्य गरी लुम्बिनी प्रदेशका ६ सय र मधेश प्रदेशका ९ सय गरी १ हजार ५ सय विदेशबाट फर्किएका युवालाई कृषि, निर्माण र पर्यटनसँग सम्बन्धित सीप प्रदान गरी उद्यममा जोडन लागेको हो ।

युएनडिपीको ‘स्किल्स’ परियोजना अन्तर्गत उनीहरूमध्ये पहिलो चरणमा लुम्बिनीका २१० जनाले तालीम लिन सुरू गरिसकेका छन् । तालीममा ८ प्रतिशत महिलाको सहभागिता रहेको छ । तालीम लुम्बिनीका सिटिइभिटीका ४ वटा आंगिक शिक्षालयबाट चलिरहेको छ । तालीम पूरा गरेकाको आउदो भदौ तेस्रो हप्ता राष्ट्रिय सीप परीक्षण समितिबाट सीप परीक्षण गरिने छ ।

शिक्षा पत्रकार समूहको आयोजनामा शनिबार बुटवलमा आयोजित तालीमको प्रारम्भिक प्रगति समीक्षा तथा कार्यक्रम प्रबोधिकरणमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले तालीमपछि कूशल सीपका आधारमा श्रम बजार र वित्तीय क्षेत्रसँग पहुँच स्थापित गर्दै स्वरोजगार र उद्यमशीलता हाँसिल गर्ने बताए ।

यो कार्यक्रम कोभिड-१९ का कारण जन्मिएको भन्दै आउदा दिनमा मोडल कार्यक्रमका रूपमा पनि विकास हुन सक्ने बताए । सचिव सुवेदीले सीपालाई बिस्तार गर्दै प्राथामिकताका क्षेत्रहरू पहिचान गर्दै जानुपर्ने बताए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरि लम्सालले तालिमलाई प्रभावकारी बनाउदै श्रम बजारको माग अनुसार उत्पादन हुने बताए ।

शिक्षा तथा खेलकूल मन्त्रालय लुम्बिनी प्रदेशका सचिव कृष्ण प्रसाद पन्थले सीप सहितको जनशक्तिबाटै समृद्धि हाँसिल गर्न सकिने बताए । श्रम बजारमा थपिने कामदारको ठूलो हिस्सालाई विदेश जानबाट रोकेर सीपयुक्त तालीममा लगाउन सकेमा देशमै उद्यमशिलता विकास हुने बताए ।
बुटवल उद्योग संघका अध्यक्ष उज्जवल कसजुले निजी क्षेत्रलाई दक्ष कामदारको सधै अभाव रहेको बताए । तालीममा सहभागी श्रीधर बञ्जाडेले तालीम निकै फलदायी रहेको बताए । कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र शर्माले नगर युवा परियोजना अन्तर्गत पशु सहायकको तालीम दक्ष बनेका बताए ।

नेपाल पत्रकार महासंघका महासचिव विक्रम खड्का, सिटिइभिटीका निर्देशक मिस्टरकान्त मैनाली, तालिम प्रदायक संस्था कोहोलपुर इन्टीच्यूट अफ टेक्निकल कलेजका बसन्त थापा लगायतले बोलेका थिए । शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्लको स्वागत तथा पत्रकार मनोज पौडेलको सञ्चालनमा कार्यक्रम भएको हो । युएनडिपीको स्किल्स परियोजनाले तालीमलाई सहजीकरण गरेको छ ।

 

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ६ : ०० बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र