२१ बैशाख २०८३, सोमबार | May 4, 2026

म्यानचेस्टर सिटी र आर्सनलको सहज जित



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति साविक विजेता म्यानचेस्टर सिटी र आर्सनलले सहज जित निकालेका छन् ।

सिटीले घरेलु मैदानमा बर्नेमाउथलाई ४-० ले पराजित गर्यो । इतिहाद रंगशालामा सिटीलाई जित दिलाउन इल्के गुन्डोगान, केभिन डी ब्रुएन र फिल फोडेनले एक एक गोल गरे । बर्नेमाउथका जेफर्सन लेर्माले आत्मघाती गोल गरे ।

यससँगै सिटीले लगातार दोस्रो जित निकालेको छ । २ खेलमा ६ अंक जोडेको सिटी शीर्ष स्थानमा छ । बर्नेमाउथको यो पहिलो हार हो ।

यस्तै, लगातार दोस्रो जित निकाल्ने क्रममा आर्सनलले लेस्टर सिटीलाई ४-२ ले हरायो ।

आर्सनलको जितमा गाब्रियल जिससले दुई तथा ग्रानिट जाका र गाब्रियल मार्टिनेलीले एक एक गोल गरे । लेस्टरका विलियम सालिबा र जेम्स म्याडिसनले सान्त्वना गोल गरे ।

जितसँगै आर्सनलले २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । लेस्टरले एक अंक जोडेको छ ।

यस्तै, अन्य खेलमा साउथह्याम्पटन र लिड्स युनाईटेडले २-२, ब्राइटन र न्युकासल तथा उल्भ्स र फुलहमले गोलरहित बराबरी खेले ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ७ : ०२ बजे

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा

खजुरा क्षेत्रको राजमार्ग फराकिलो बनाउन माग गर्दै स्थानीयबासीको ज्ञापनपत्र

खजुरा । बाँके खजुराका स्थानीयबासीले नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा

बुटवलमा दोस्रो संस्करणको राष्ट्रिय महिला फुटबल प्रतियोगिता बैशाख २६ गतेदेखी

बुटवल । बीस पचहत्तर युवा परिवार बुटवलको आयोजनामा दोस्रो संस्करणको

संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले