१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

म्यानचेस्टर सिटी र आर्सनलको सहज जित



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति साविक विजेता म्यानचेस्टर सिटी र आर्सनलले सहज जित निकालेका छन् ।

सिटीले घरेलु मैदानमा बर्नेमाउथलाई ४-० ले पराजित गर्यो । इतिहाद रंगशालामा सिटीलाई जित दिलाउन इल्के गुन्डोगान, केभिन डी ब्रुएन र फिल फोडेनले एक एक गोल गरे । बर्नेमाउथका जेफर्सन लेर्माले आत्मघाती गोल गरे ।

यससँगै सिटीले लगातार दोस्रो जित निकालेको छ । २ खेलमा ६ अंक जोडेको सिटी शीर्ष स्थानमा छ । बर्नेमाउथको यो पहिलो हार हो ।

यस्तै, लगातार दोस्रो जित निकाल्ने क्रममा आर्सनलले लेस्टर सिटीलाई ४-२ ले हरायो ।

आर्सनलको जितमा गाब्रियल जिससले दुई तथा ग्रानिट जाका र गाब्रियल मार्टिनेलीले एक एक गोल गरे । लेस्टरका विलियम सालिबा र जेम्स म्याडिसनले सान्त्वना गोल गरे ।

जितसँगै आर्सनलले २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । लेस्टरले एक अंक जोडेको छ ।

यस्तै, अन्य खेलमा साउथह्याम्पटन र लिड्स युनाईटेडले २-२, ब्राइटन र न्युकासल तथा उल्भ्स र फुलहमले गोलरहित बराबरी खेले ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ७ : ०२ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम