३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

संसदमा एमालेले स्वीकार्‍यो अर्थमन्त्री शर्मालाई



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई स्वीकारेको छ । पुनःनियुक्तिपछि पहिलोपटक संसदमा अर्थमन्त्री शर्माले आइतबार पहिलो पटक संसदको रोष्ट्रम प्रयोग गरे ।

चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा बाहिरी व्यक्ति संलग्नताको आरोप लागेपछि शर्माले २२ असारमा राजीनामा दिएका थिए । सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेष छानबिन समिति गठन भएको थियो । समितिले शर्मामाथि लागेको आरोप पुष्टि गर्ने आधार नभेटिएको प्रतिवेदन दिएपछि १५ साउनमा पुनः अर्थमन्त्रीमा नियुक्त भएका शर्माले पहिलोपटक संसदको रोष्ट्रम प्रयोग गरेका हुन् ।

आइतबार अर्थमन्त्री शर्माले अर्थ समितिको प्रतिवेदनसहितको बिमा विधेयकमाथि छदफल गरियोस् भन्ने प्रस्ताव टेबुल गरे । छलफल गरियोस् भन्ने प्रस्ताव एमालेका सांसदहरुसहितको सभाले बहुमतले स्वीकृत गर्‍यो । त्यसपछि सांसदहरुलाई विधेयकमाथि बोल्न सभामुखले समय दिए । छलफलमा एमालेका सांसदहरुले पनि भाग लिए । छलफलमा उठेका प्रश्नहरुको अर्थमन्त्री शर्माले जवाफ दिएपछि सभाले विधेयक बहुमतले पारित गर्‍यो ।

सभामा यस्तो सहज दृष्य धेरै पछि देखापरेको हो । चालु आर्थिक बर्षको बजेट निर्माणका क्रममा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि एमालेले संसदमा अर्थमन्त्री शर्मालाई बहिष्कार गरेको थियो ।

बजेटको मन्त्रालयगत शीर्षकगत छलफलमा अर्थमन्त्री शर्मा रोष्ट्रम जाँदा सभाहलबाट बाहिररिने र अर्थमन्त्री शर्मा रोष्ट्रमबाट ओलिएपछि सभाहल छिरेर लुकामारी गरेको एमालेले आइतबारसम्म आइपुग्दा अर्थमन्त्री शर्मालाई सहजै स्वीकार गरेको हो ।

एमालेले अर्थमन्त्रीमाथि निरन्तर प्रश्न उठाएपछि प्रतिनिधिसभाले २२ असारमा छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले १७ दिन लगाएर गरेको छानबिन प्रतिवेदनले अर्थमन्त्री शर्मालाई क्लिट चिट दियो । तर, सत्तापक्षले बहुमतका आधारमा अर्थमन्त्री शर्मालाई चोख्याएको भनी एमालेले छानबिन समितिको प्रतिवेदनमै फरक मत राख्यो । साथसाथै संसदमा समेत अर्थमन्त्रीलाई चोख्याउन सत्तापक्षले भूमिका खेलेको, बहुमतका आधारमा तोख्याएको भनी निरन्तर आवाज उठाउँदै आएको छ । तर, स्वमं अर्थमन्त्री शर्माले रोष्ट्रम प्रयोग गर्दा र अर्थमन्त्री शर्माले प्रस्तुत गरेको विजनेशमाथि छलफलमा भाग लिएर एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार गरेको देखिन्छ ।

अर्थमन्त्री शर्माले आइतबार नै थप प्रस्तावहरु समेत संसदमा प्रस्तुत गर्ने कार्यसूची छ । कार्यसूचीअनुसार अर्थ समितिको प्रतिवेदनसहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि छलफल गरियोस’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९ लाई पारित गरियोस’ भन्ने प्रस्ताव अर्थमन्त्रीले प्रस्तुत गर्नेछन् ।

 

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  २ : ४४ बजे

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका

बुटवलमा ‘रिभोलुसन डान्स प्रतियोगिता २०८३’ हुने, विजेताले पाउनेछन् ५५ हजार बढी नगद

बुटवल । युवा प्रतिभाको प्रस्फुटन तथा नृत्यकलाको प्रवर्द्धन गर्ने उद्देश्यले

स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय र प्रदेश तहको