२९ चैत्र २०८२, आइतबार | April 12, 2026

रुपन्देहीको ओमसतियामा गोली चल्यो, बेलहियाका विकास गुरुङ घाईते



बुटवल । रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एकजना युवक गम्भीर घाईते भएका छन् । अज्ञात समुहले चलाएको गोलि लागेर सिद्धार्थनगर नगरपालिका १ वेलहिया बस्ने बिकास गुरुङ घाईते भएको प्रहरीले जनाएको छ ।

रुपन्देहीको ओमसतिया ४ बसन्तपुरमा अज्ञात समुहले गुरुङमाथि गोलि प्रहार गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार रोहिणी गाँउपालिका १ बाइपास स्थित सिद्धर्थ कटेजमा करिब ११ बजे राती अज्ञात समुह द्वारा लुटपाट गरि भाग्दै गरेको अवस्थामा ओमसतियाको बसन्तपुर वडा कार्यालय अगाडी जम्का भेट भएका गुरुङमाथि लुटपाट गर्ने समुहले गोलि प्रहार गरेका थिए । लुटेराहरुले सो कटेजबाट २ तोला सुन र केही नगद लुटेको बताईएको छ ।

घाईतेको उपचारको लागि भैरहवा मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने समुहको खोजिमा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

फोटो : सुरेश परियार

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १ : ४० बजे

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ

अम्पायरबारे टिप्पणीपछि करण केसी एक खेलका लागि निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी

दाङमा पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ । तुलसीपुर उपमहानगरपालिका-१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको