२४ माघ २०८२, शनिबार | February 7, 2026

अफगानिस्तानमा तालिबान सत्ताको एक वर्ष पूरा



काबुल । अफगानिस्तानमा तालिबान विद्रोहीले सत्तापलट गरेको एक वर्ष पूरा भएको छ । गत वर्षको १५ अगस्टमा तालिबानले सत्ता कब्जा गरेको थियो । तालिबानले अफगानिस्तानमा आफ्नो सत्तामा फर्केको पहिलो वर्षगाँठ सोमबार राष्ट्रिय बिदाको साथ मनाएको छ । तर, धेरैले महिला अधिकार कटौती भएको र मानवीय संकट झनै बिग्रिएको अशान्त वर्षको रूपमा हेरेका छन् ।

ठ्याक्कै एक वर्षअघि कट्टरपन्थी इस्लामवादीहरूले काबुल कब्जा गरेपछि सरकारी सेनाविरुद्धको राष्ट्रव्यापी आक्रमणले अमेरिकी नेतृत्वको २० वर्ष लामो सैन्य हस्तक्षेपको अन्त्य गरेका थिए ।

‘हामीले जिहादको दायित्व पूरा गर्यौं र हाम्रो देशलाई स्वतन्त्र ग¥यौं’ गत वर्ष अगस्ट १५ मा काबुलमा प्रवेश गरेका लडाकु नियामातुल्लाह हेक्मतले तत्कालीन राष्ट्रपति असरफ घानीले देश छोडेको केही घण्टापछि भनेका थिए ।

अफगानिस्तानमा तैनाथ विदेशी फौजले ३१ अगस्टसम्म देश खाली गरेका थिए । विदेशी फौजको बहिर्गमनसँग हजारौँ सर्वसाधारण अफगानी देश छाड्न विमानस्थलमा पुगेका थिए । उनीहरूमध्ये कतिपय केही भाग्न सफल भए भने कोहीलाई तालिबानले विमानस्थलबाट फर्काएका थिए ।

हवाइअड्डामा भीडको तस्बिरहरू, विमानमाथि चढेको र अमेरिकी सैन्य कार्गो विमानबाहिरै टाँसिएको दृश्यसहितका समाचारले संसारभरका मानिसको ध्यान केन्द्रित भएको थियो ।

तालिबान सत्तामा आएपछि अधिकांश महिलाको अधिकार कटौती भएको छ । सत्तामा आएपछि लामो समयसम्म तालिबानले बालिकालाई विद्यालय जानबाट रोक लगाएको थियो । त्यस्तै, महिला सरकारी कर्मचारीलाई पनि महिनौँसम्म घरमै बेतलबी बिदामा बस्न बाध्य पारेको थियो ।

आफ्ना अधिकार कटौती भएको विरोधमा महिलाहरूले प्रदर्शन गर्दै आएका छन् ।

तालिबान सत्तामा पुगेपछि यसअघि दातृ निकायले दिँदै आएको ऋण र सहयोग पनि कटौती गरेका छन् । राष्ट्रसंघका अनुसार अफगानस्तानको ठूलो जनसंख्या भोकमरीको जोखिममा छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १ : १९ बजे

वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन

काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।

बेनी-जोमसोम सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडकको

आईसीसी टी-२० विश्वकपको १० औं संस्करण आजदेखि, पहिलो दिन तीन खेल हुँदै

काठमाडौं । आईसीसी टी-२० विश्वकपको १० औं संस्करण आज (शनिबार)देखि

भत्किँदै उठेको झेँदी पुल : बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना

गुल्मी । वर्षौँको प्रतिक्षा, निराशा र संघर्षपछि अन्ततः गुल्मीको बडिगाड

‘गाउँमै बस्ने वातावरण बनाइदिने नेतालाई भोट’

ढोरपाटन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको