१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

माओवादी केन्द्र र नेसपाले आज दल दर्ता गर्दै, ‘गोलाकारभित्रको हँसिया हथौडा’ चिन्हमा चुनाव लड्ने



काठमाडौं । नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी नेसपाले आज निर्वाचन आयोगमा दल दर्ता गर्नेभएका छन् ।

आज बिहान बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले आज दल दर्ता गर्ने निर्णय गर्दै बाबुरामको नेकसपालाई गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्हबाट चुनाव लड्न दिने निर्णय गरेको छ ।

तीन दिन अघि अध्यक्ष प्रचण्ड र भट्टराईबीच भएको छलफलमा दुई पार्टीले यौटै चुनाव चिन्ह, साझा घोषणापत्रका साथ निर्वाचनमा जाने सहमति गरेको थियो । पार्टी एकता गर्ने उद्देश्यसहित गरिएको सहमतिअनुसार आज दुवै पार्टी यौटै चुनावचिन्हका साथ दल दर्ता गर्न जान लागेका हुन् । दिउँसो १ बजे दल दर्ता गर्ने माओवादीले जनाएको छ ।

माओवादी बैठकमा प्रचण्डले भट्टराईसँग भएको सहमतिबारे नेताहरुलाई जानकारी गराएका थिए ।

बैठकले भट्टराई र गौतमलाई आफ्नो चुनाव चिन्हमा लड्न स्वीकृति दिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । ‘बाबुराम भट्टराई र वामदेव गौतमलाई हँसिया हतौडामा चुनाव लड्न पार्टीले स्वीकृति दिएको छ। उहाँहरूका केही शर्त छन् । ति विषयमा थप छलफल गरिने छ,’ महराले भने ।

निर्वाचन आयोगले ऐनअनुसार दुई वा दुई भन्दा बढी पार्टीले एउटै चुनाव चिह्न प्रयोग गर्न पाउने जनाएको थियो । तर, त्यसबारे आयोगलाई दल दर्ता गर्ने बेलामै जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ११ : ०३ बजे

राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्न तयार छौं : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी सांसद वर्षमान पुनले राष्ट्र निर्माण,

रास्वपालाई चुनाव जिताउन शक्तिकेन्द्रहरुले निलो क्रान्ति गराए : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) ले संसद बैठकको पहिलो दिनमै सत्तारुढ

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य : प्रतिनिधिसभाका सभाध्यक्ष केसी

काठमाडौँ । प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र

दल फरक भए पनि देश एउटै हो, सँगै उठ्नुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद भिष्मराज आङ्देम्बेले राजनीतिक

सदनलाई राष्ट्रपति कार्यालयको पत्रको जानकारी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदको