२१ भदौ २०८३, आइतबार | September 6, 2026

‘गोलाकारभित्रको हँसिया हथौडा’ चुनाव चिन्ह प्रयोग गर्न माओवादी र नेसपाले दिए निवेदन



काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)ले यौटै चुनाव चिन्ह प्रयोग गर्ने गरी निवेदन दर्ता गरेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादीको गोलाकारभित्रको हंसिया हथौडा चुनाव चिन्हमा उम्मेदवारी दिने गरी दुवै पार्टीले निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

माओवादीको तर्फबाट शिव खकुरेल र जसपाको तर्फबाट फणिन्द्र देवकोटाले आयोग पुगेर निवेदन दर्ता गराएका हुन् । यससँगै कानूनी रुपमा बाबुराम भट्टराई नेतृत्वको नेसपालाई माओवादीको चुनाव चिन्ह प्रयोग गर्न पाउने बाटो खलेको छ ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको चुनावमा एउटै चुनाव चिह्न हँसिया हथौडा प्रयोग गर्न गरेको प्रस्तावलाई मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले स्वीकृत गरेको थियो ।

यसपछि मंगलबार दिउँसो दुवै पार्टीका प्रतिनिधि आयोगमा पुगेर निवेदन दिएका हुन् । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफूहरुलाई एउटै चुनाव चिह्न हँसिया हथौडा प्रयोग गर्न दिन उनीहरुले माग गरेका छन् ।

 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ४ : १५ बजे

परेवाभिरमा सडक मर्मत नसकिएपछि मलेखु-काठमाडौं सडक बन्द

काठमाडौं । मलेखु-काठमाडौं सडकखण्डअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ परेवाभिरमा सडक मर्मत

पहिरोले रोल्पाको सहिदमार्ग अवरुद्ध

रोल्पा । गएराती परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा । बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

हालान्डको गोलमा म्यानचेस्टर सिटीको लगातार तेस्रो जित

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो विजयी यात्रा

भोटेकोशी बाढी : ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा भदौ १० गते आएको विनासकारी