१८ पुस २०८२, शुक्रबार | January 3, 2026

प्रतिनिधिसभा बैठक : प्रत्यायन विधेयक बहुमतले पारित



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘प्रत्यायन विधेयक २०७८’ पारित भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पारित गरियोस् भनी सदनमा प्रस्तुत गर्नुभएको उक्त विधेयक सदनको बहुमतले पारित गरेको हो ।

विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बडूले विधेयकको उद्देश्य नै प्रत्यायनको माध्यमबाट समरुपता प्रमाणित गर्ने र अन्तर्राष्ट्रिय मान्यता प्रदान गराउने तथा अन्तर्राष्ट्रिय व्यापारमा वस्तु र सेवाको पहँुच गराउनु रहेको बताए। यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गरी आर्थिक विकासमा योगदान पु¥याउने उहाँले विश्वास व्यक्त गरे ।

यसअघि विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद दिव्यमणि राजभण्डारीले अत्यावश्यक विधेयक सदनमा आएको बताए । सांसद नवराज सिलवालले प्रत्यायन विधेयक ल्याएकामा सरकारलाई धन्वयाद दिए ।

उनले नेपाली उत्पादनलाई विश्व बजारमा पु-याउन तथा निरीक्षण र प्रमाणीकरण गर्नका लागि आधिकारिकता प्रदान गर्ने भएकाले पनि उक्त विधेयक महत्वपूर्ण रहेको बताए । उनले विधेयकमा नेपालको उत्पादन हो भनेर प्रमाणीकरण हुने भयो तर अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सन्दर्भमा पनि विशेष ध्यान दिन आग्रह गरे ।

छलफलमा सांसद प्रेम सुवालले राखेको संशोधन प्रस्ताव वहुमतले अस्वीकृत भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक भदौ २ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ५ : २५ बजे

डा. निकोलस भुसाल र हरिश विष्टले ११ औं दिनमा तोडे अनसन

काठमाडौँ । डा. निकोलस भुसाल र हरिश विष्टले अनसन बसेको

अवतरणका क्रममा बुद्ध एयरको विमान भद्रपुर विमानस्थलको रनवेमा चिप्लियो

झापा । बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा

पुस ३० गतेबाट नेपालगन्जमा व्यापार महोत्सव

नेपालगन्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना

‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर–लुम्बिनी–पोखरालाई जोड्न जरुरी’

चितवन । सरोकारवालाले तीन पर्यटकीय गन्तव्य भरतपुर–लुम्बिनी–पोखरालाई जोडेर पर्यटन विकास

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैन : योगेश भट्टराई

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उपमहासचिव योगेश भट्टराईले आगामी