४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रचण्डले भने – बाबुराम र म सँगै उभिने कुराको ठूलो अर्थ र महत्व छ



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु र बाबुराम मिल्दा ठूलो अर्थ हुनेबताएका छन् ।

पेरिसडाँडामा बाबुराम भट्टराईसँग छलफलपछि संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले बाबुराम भट्टराईसँग हुने सहकार्यको ठूलो अर्थ रहेको बताएका हुन् ।

४ मंसिरमा हुने निर्वाचनमा साझा चुनाव चिन्ह र घोषणापत्र र उम्मेदवारसहित चुनावपछि पार्टी एकताको दिशामा अघि बढेका दुई शीर्ष नेताबीच आज भेटघाट भएको हो ।

प्रचण्डले भने ‘वामपन्थी आन्दोलनमा बाबुराम र प्रचण्ड सँगै उभिने कुराको ठूलो अर्थ र महत्व छ, हामी उभियौं अब । अब कसैले रोकेर रोकिदैन ।’

‘हामी एक ठाउँमा उभियौं’ प्रचण्डले थपे ‘यसको नेपालको राजनीतिमा, परिवर्तनलाई संस्थागत गर्ने कुरामा देशलाई आर्थिक समृद्धिको यात्रातिर लैजाने कुरामा पनि निकै ठूलो महत्व रहेको छ ।’

चुनाव पछि यौटै केन्द्र बनाउने समझदारीमा गएको बताउँदै प्रचण्डले त्यति बेला पनि पार्टीको नामको अगाडि नेकपा नै रहने बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ५ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको