१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

प्रचण्डले भने – बाबुराम र म सँगै उभिने कुराको ठूलो अर्थ र महत्व छ



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु र बाबुराम मिल्दा ठूलो अर्थ हुनेबताएका छन् ।

पेरिसडाँडामा बाबुराम भट्टराईसँग छलफलपछि संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले बाबुराम भट्टराईसँग हुने सहकार्यको ठूलो अर्थ रहेको बताएका हुन् ।

४ मंसिरमा हुने निर्वाचनमा साझा चुनाव चिन्ह र घोषणापत्र र उम्मेदवारसहित चुनावपछि पार्टी एकताको दिशामा अघि बढेका दुई शीर्ष नेताबीच आज भेटघाट भएको हो ।

प्रचण्डले भने ‘वामपन्थी आन्दोलनमा बाबुराम र प्रचण्ड सँगै उभिने कुराको ठूलो अर्थ र महत्व छ, हामी उभियौं अब । अब कसैले रोकेर रोकिदैन ।’

‘हामी एक ठाउँमा उभियौं’ प्रचण्डले थपे ‘यसको नेपालको राजनीतिमा, परिवर्तनलाई संस्थागत गर्ने कुरामा देशलाई आर्थिक समृद्धिको यात्रातिर लैजाने कुरामा पनि निकै ठूलो महत्व रहेको छ ।’

चुनाव पछि यौटै केन्द्र बनाउने समझदारीमा गएको बताउँदै प्रचण्डले त्यति बेला पनि पार्टीको नामको अगाडि नेकपा नै रहने बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ५ : ४६ बजे

राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्न तयार छौं : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी सांसद वर्षमान पुनले राष्ट्र निर्माण,

रास्वपालाई चुनाव जिताउन शक्तिकेन्द्रहरुले निलो क्रान्ति गराए : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) ले संसद बैठकको पहिलो दिनमै सत्तारुढ

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य : प्रतिनिधिसभाका सभाध्यक्ष केसी

काठमाडौँ । प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र

दल फरक भए पनि देश एउटै हो, सँगै उठ्नुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद भिष्मराज आङ्देम्बेले राजनीतिक

सदनलाई राष्ट्रपति कार्यालयको पत्रको जानकारी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदको