२१ भदौ २०८३, आइतबार | September 7, 2026

मुलुकको स्थिरताका लागि पाँच दलीय गठबन्धन कायम रहन्छ : मन्त्री कार्की



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको स्थिरता र विकासका निम्ति पाँच दलीय गठबन्धन कायम रहने बताएका छन् ।

सन्तनेता कृष्णप्रसाद भट्टराई फाउन्डेशनले आज काठमाडौंमा आयोजना गरेको ‘नव–निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई बधाई÷शुभकामना तथा अन्तरक्रिया’ कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँगै समृद्ध मुलुक निर्माणका निम्ति आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचनमा गठबन्धन कायम रहने बताए ।

कार्कीले भने, “नेपाल सम्भावना भएको मुलुक हो, यहाँ जलस्रोत, पर्यटन, कृषिमा प्रचुर सम्भावना छ, त्यसको भरपुर उपयोग गरेर मुलुकलाई आगामी १० वर्षभित्रमा समृद्ध मुुलुकका रुपमा विकास गर्दै रोजगारीको सिर्जना गरी विदेसिएका युवालाई स्वदेशमै रोजगार बनाउने हाम्रो योजना छ ।”

मन्त्री कार्कीले विकास, सेवा प्रवाह र जनगुनासो सम्बोधन गर्दै परिणाम आउने गरी जनताको पक्षमा काम गर्न नेपाली कांग्रेस पार्टीबाट नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिए। उनले भने, “जनताको मन नजितीकन प्रतिनिधि हुन सकिँदैन, तपाइँहरुले निर्वाचनको समयमा जनतासामु गर्नुभएको वाचा पूरा गर्नुपर्छ, त्यसका लागि सीमित स्रोत÷साधनबीच योजना बनाएर प्राथमिकताका आधारमा काम गर्नुपर्ने हुन्छ, त्यसतर्फ ध्यान केन्द्रित गर्नुहो्स् ।”

मन्त्री कार्कीले सूचना, सञ्चार र प्रविधिको विकासले संसार गाउँमा परिणत भइसकेको उल्लेख गर्दै सञ्चार प्रविधिको अधिकतम प्रयोग गरेर मुलुकको समग्र विकास गर्नुपर्नेमा जोड दिए ।

फाउन्डेशनका अध्यक्ष तथा राष्ट्रियसभाका सांसद रमेशजङ्ग रायमाझीले फाउन्डेशनले भट्टराईका नामबाट विराटनगरमा विद्यालय स्थापना गर्ने योजना तयार गरेको बताए ।

प्रकाशित मिति : १ भदौ २०७९, बुधबार  २ : ०० बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त