१३ बैशाख २०८३, आइतबार | April 26, 2026

माछापुच्छ्रे बैंकले ल्यायो एमविएल एम स्मार्टमा नयाँ सुविधा



काठमाडौ । बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोवाइल बैंकिङ्ग एप, एमविएल एम स्मार्टमा SMART LOAN AGAINST FIXED Deposit सुविधाको सुरुवात गरेको छ ।

उक्त सुविधा अन्र्तगत ग्राहकले घरमै बसेर बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बखतमा LOAN AGAINST FIXED Deposit सुविधा प्रयोग गरि मोवाईल बैंकिङ्ग सुविधा मार्फत सजिलै कर्जा लिन सक्नेछन् ।

बिज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा कर्जा लिनको लागि बैंकसम्म पुगि विभिन्न कागजात पेश गर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा संचालनमा ल्याएको हो ।

बैंकले ग्राहकलाई खाता खोल्नका लागि बैंकसम्म आउनु नै नपर्ने गरि अनलाईन तथा मोवाइल बैंकिङ्ग एप मार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा LOAN AGAINST FD सहज र सरल तरिकाबाट आफुले चाहेको समयमा लिन सक्नेछन् ।

यस MBL M–Smart app मा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले Self-Registration गर्न सकिने, मोवाईलफोनबाटै खाता खोल्न सकिने, मोवाईल फोनबाट नै कर्जा लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोवाईलमा नै हेर्न सकिने, नेपाल क्युआर स्क्यान गरी क्युआर भुक्तानी गर्न मिल्ने , विभिन्न मोवाईल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, रकम ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधाहरु रहेको छन् । बैंकले एमविएल एम स्मार्ट लाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप मार्फत नवीतम सुविधाहरु थप्दै ल्याईरहेको छ ।

प्रकाशित मिति : १ भदौ २०७९, बुधबार  ६ : ०७ बजे

राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्न : अन्तरराष्ट्रिय फोटो सम्मेलन गरिँदै

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आयोजना गरिएको ९९औँ

साहारा नभएका सुकुमवासीलाई होटलमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौँ । सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई

बाँकेका १२ सामुदायिक वनमा डढेलो

नेपालगन्ज । बाँकेका दुई चक्ला वनसहित विभिन्न सामुदायिक वनमा डढेलो

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक

गैरीगाउँ-सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर

काठमाडौं । काठमाडौं महानगरपालिका-९ अन्तर्गत गैरीगाउँ-सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण