२१ भदौ २०८३, आइतबार | September 6, 2026

दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ८ जना घाइते



धनगढी । दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

गोकुलेश्वर बाट दार्चुलाका लागी छुटेको से १ ज–५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ५ जनाको घटना स्थलमै मृत्यु भएको र ८ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका प्रतापसिंह भण्डारीले बताए ।

मृत्यु हुनेमा ४ जना पुरुष र १ महिला रहेपनि उनिहरुको पहिचान नभएको उनले बताए । जीपको ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको भएपनि एकिन विवरण भने नआएको उनले बताए ।

दुर्घटनामा परी जीप चालक र सह–चालकसहित ८ जना घाइते भएका र उनीहरुको जिल्ला अस्पताल गोकुलेमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब २ सय ५० मिटर तल खसेको जनाइएको छ ।

प्रकाशित मिति : १ भदौ २०७९, बुधबार  ६ : २७ बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि

देवीघाटमा एक्रोब्रिज जडान गर्दै नेपाली सेना

काठमाडौं । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा