१८ आश्विन २०७९, मंगलबार | October 4, 2022

दार्चुलामा जिप दुर्घटना, एकजनाको मृत्यु



खलङ्गा । दार्चुलाको अपिहिमाल गाउँपालिका-५ तिम्लामा गए राति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना सख्त घाइते भएका छन् ।

मृत्यु हुनेमा अपिहिमाल-६ का १८ वर्षीय दिनेशसिंह धामी छन् । उनको घट्नास्थलमै मृत्यु भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरेले जानकारी दिए ।

मार्मा गाउँपालिकाको लटिनाथबाट अपिहिमालको मकरीगाडतर्फ जाँदै गरेको म १ ज २३३ नम्बरको जीप दुर्घटनामा परेको हो ।

जीप सडकबाट झण्डै २०० मिटर तल खसेको र त्यसमा चालकसहित नौजना सवार रहेका अपिहिमाल गाउँपालिका-५ का वडाध्यक्ष राजेन्द्रसिंह धामीले बताए । तीन जनाको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन् । घाइते पाँच जनाको लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ७ : १९ बजे

निर्वाचन पर्यवेक्षकलाई यस्ता कुराहरु गर्न प्रतिबन्ध

काठमाडौं । निर्वाचन पूर्व दलको कार्यकर्ता बनेर सक्रिय राजनीति गर्नेहरु

एशियाको पानीको भण्डारमा जलवायु परिवर्तनको प्रभाव

जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनदिनै बढ्दै गएको छ ।

किसानलाई दशैँभन्दा खेतीपातीकै चिन्ता

कैलाली । कैलालीका किसानलाई दशैँ मनाउनेभन्दा पाकेको धान खेतीको चिन्ता

नवौँ राष्ट्रिय खेलकुद : म्याग्दीमा खेलमैदान तयार

म्याग्दी । म्याग्दीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने खेलमैदान

ज्याला नपाउँदा मजदुरले दशैँ मनाउन पाएनन्

कैलाली । बडादशैँको उमङ्ग र उत्साह यतिबेला सबैतिर छ ।