१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

लुम्बिनी प्रादेशिक अस्पतालमा १५० शैय्याको सुबिधासम्पन्न नयाँ प्रसुति भवन



बुटवल । लुम्बिनी प्रदेशको कम्तीमा ८ जिल्ला र गण्डकी प्रदेशको २ जिल्लालाई सेवा दिँदै आएको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा सुबिधासम्पन्न १५० शय्याको नयाँ प्रसूति भवनको उद्घाटन गरिएको छ। शहरी बिकास मन्त्रालयले बुधबार विशेष कार्यक्रम गरेर नव निर्मित भवन लुमिबनी प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको भवन बुधबार नै उदघाटन गरिएको हो । सहरी विकासमन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङले संयुक्त रुपमा चार तले सुविधा सम्पन्‍न प्रसूती भवनको उद्घाटन गरे ।

सहरी विकास मन्त्रालय अन्तर्गत संघीय आयोजना तथा कार्यान्वयन इकाई रुपन्देहीले २६ करोड ५१ लाख ७५ हजार लागतमा भवन निर्माण गरेको हो। हस्तान्तरण तथा उदघाटन कार्यक्रममा बोल्दै सहरी विकास मन्त्री मेटमणी चौधरीले प्रसूति भवनले बुटवल र यसआपासका बिरामीहरुलाई ठूलो राहात पुग्‍ने बताए। उनले भवनको अधिकतम उपयोग गर्न अस्पताललाई आग्रह गर्दैअस्पतालले बिरामीहरुलाई सहज रुपमा सर्वसुलभ र गुणस्तरीय सेवा दिनुपर्ने बताए ।

स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङले मुटु, मृगौला तथा क्यान्सरजस्ता रोगका कारण वर्षेनि पाँच लाख नेपालीहरु गरीबिको रेखामा पर्ने गरेको तथ्यांक देखिएको भन्दै अब सरकारी अस्पतालको सेवा गुणस्तरीय बनाउनुपर्ने बताए। उनले स्वास्थ्य मानव सेवा भएकाले भवन निर्माणले आमा र बच्चाको स्वास्थ्यमा गुणस्तरीय सेवा दिने विश्वास व्यक्त गरे।

संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीका प्रमुख रमेश थिङले २०७५ सालमा सम्झौता भएको भवन निर्धारित समयमै सम्प‍न्‍न भएको जानकारी दिए।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले सुविधा सम्पन्‍न प्रसूति भवन बनेकाले यसले नागरिकलाई राहात पुग्ने बताए। लुम्बिनी प्रादेशिक अस्पतालमा वार्षिक १३ हजारले प्रसूति सेवा लिने गरेको बताउँदै पछिल्लो समय आम नागरिकमा प्रादेशिक अस्पताल प्रति विश्वास बढ्दै गएको दाबी गरे ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठ, सहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंह, लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतले प्रसूति भवन निर्माणले लुम्बिनीको सेवालाई गुणस्तरीय बनाउन टेवा पुग्ने बताए।

अपाङमैत्री र लिफ्टको व्यवस्था रहेको भवनमा इर्मेजेन्सी, आईसीयू, एनआईसीयू, मेजर एण्ड माइनर, ओटी, पोस्ट अपरेशन रुम, मातृशीशु वार्ड, सम्पूर्ण बच्चाहरुको खोप लगाइने लगायतका कक्षहरु बनाइएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ७ : २२ बजे

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु