२१ मंसिर २०८२, आइतबार | December 7, 2025

लुम्बिनी फोटोग्राफर संघको सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । लुम्बिनी फोटोग्राफर संघले १८३ औँ विश्व फोटोग्राफी दिवसको अवसर पारेर सप्ताह ब्यापी कार्यक्रम आयोजना गरेको छ । सोही कार्यक्रम अन्तरगत बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा संघका अध्यक्ष मनिष पन्थको अध्यक्षता, नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद चापागाईंको प्रमुख अतिथ्यता, केन्द्रिय सदस्य माधव प्रसाद पन्थ, कमला तिवारी लगायतको आतिथ्यता रहेको थियोे । बुटवल अमरपथस्थित रक्तसञ्चार केन्द्रमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ । उक्त कार्यक्रममा संघका सदस्यहरुको सहभागीता रहेको रहेको थियो ।

अस्पतालहरुमा रगत अभाव भइरहेका बेला रगत नपाएर कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरेको अध्यक्ष पन्थले बताए । रगत दानभन्दा ठूलो अरू दान हुन नसक्ने भन्दै उनले रचनात्मक कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । कार्यक्रमको संयोजक बेचेन्द्र यादवले गरेका थिए भने, सञ्चालन संघका महासचिव माधव प्रसाद पन्थले गरेका थिए ।

प्रकाशित मिति : १ भदौ २०७९, बुधबार  ८ : ०५ बजे

एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गतेदेखि

सुर्खेत आँखा अस्पतालमा सेवा विस्तारः अब कर्णालीका आँखाका बिरामी काठमाडौं जानुपर्दैन

सुर्खेत । सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल

मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने

धनुषा । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक