१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

सिंजा विरासत झल्काउन ‘सिंजा हाट’



जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले सिंजा साम्राज्यको विरासत जगाउने र स्थानीय उत्पादन बजारीकरण गर्न १ भदौदेखि हाट बजार चलाएको छ । यस्तो बजार हरेक महिनाको १ गते लगाउने गाउँपालिकाको तयारी छ ।

१८४६ सालभन्दा अघि सिंजा राज्यका निकै शक्तिशाली थियो । त्यसै बेलादेखि यहाँ ‘हाट’ बजार लाग्थ्यो । दक्षिण भारत र उत्तर चीनलाई आकर्षण गर्ने गरी सिंजामा लाग्ने ‘हाट’ आर्थिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक र भू–राजनीतिक दृष्टिले निकै महत्वपूर्ण मानिन्थ्यो ।

पुरानो इतिहास झल्काउन र स्थानीयलाई आर्थिक रुपमा सबल पार्न अहिले पनि हाटको महत्व देखिर सुरु गरेको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने, ‘हाट कै कारण १२औं शताब्दीदेखि १४औं शताब्दीसम्म सिंजा खस राज्य आर्थिक रुपमा बलियो भएको इतिहास छ । उतिबेलाको ‘हाट’ बजार आजको प्रमुख व्यापारिक केन्द्र जस्तैं हो ।’

धितालका अनुसार सिंजा साम्राज्य कुनै वेला कृष्टि उत्पादनमा बलियो मात्रै थिएन उत्तर र दक्षिणको बजारको केन्द्र पनि थियो । उनले अब स्थानीय उत्पादनलाई बढाउने, बजारीकरण बढाउने उद्देश्यका साथ हाटबजार सुरु गरिएको बताए ।

उपाध्यक्ष सितली रोकायाले हाटबजारमा सिंजामै बनेका राडीपाखी, तरकारी, मार्सीचामल, स्याउ, सिमी आउन थालेको बताइन् । उनले सिंजाले हाट बजार सुरू गरेपछि आर्थिक विषय मात्रै नभई साँस्कृति र पुरानो सभ्यतासम्बन्धी खोजबिन पनि सुरु भएको छ ।

गाउँपालिकाको केन्द्र भएको स्थान नराकोटमा ‘हाट’ राखिएको छ । उनका अनुसार स्थानीय कलाकारले नेपाली पोसाकमा दिनभर देउडा, चुट्किला भनेर मनोरञ्जन दिने लिने गर्छन ।

स्थानीय मनतिज बुढाले हाटबजारले सिंजामा पुरानो झल्को दिएको बताए । उनले भने, ‘अहिले सुरुवाती चरणमै भएका केही व्यवस्थित बनाउने काम भइरहेको छ ।’
स्थानीय उत्पादन बजारमा बिक्री गर्न ल्याएका सिंजा गाउँपालिका–३ की रेशा रानाले हाट बजार सुुरु भएपछि नागरिकलाई कही राहत भएको बताइन ।

स्थानीय भेँडाको ऊनबाट उत्पादित लिउ र पाखी लिएर बजार आएका धनपति वुढाले हाटबजारले स्थानीय उत्पादनको बजारीकरण भइरहेको बताए । उनले भने, ‘केही मिठो सामग्री वा राम्रो वस्तु लिनुपरे ‘हाट’ मै जान्छु भन्ने प्रचलन आज पनि कर्णालीका दुर दराजका बस्तीहरूमा कायमै छ ।’

जुम्ला राज्यमाथि आक्रमण गरी गोर्खालीहरूले कब्जा गरेको २३३ वर्षपछि ‘हाट’ बजार पुनःस्थापना गरेको गाउँपालिकाको भनाइ छ । यो एउटा एतिहासिक र अर्थतन्त्रमा सघाउने दीर्घकालीन बजार विकासको कार्य हो । गाउँ सरकारले यसको प्रवद्र्धनमा जोड दिन्छ । हाटबजारमा सामान हेर्न तथा देउडा खेल्न जिल्ला बाहिरबाट समेत आउन थालेको उनको भनाइ छ ।

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  ४ : ४४ बजे

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय

गत आर्थिक वर्षमा बजेट खर्च ८० प्रतिशत मात्र, राजस्व असुली ८३ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र

सुनको मूल्य प्रतितोला तीन हजार १०० ले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।