३१ भदौ २०८३, बुधबार | September 16, 2026

गल्फ: शुक्र कट बनाउन‌ असफल



काठमाडौं । नेपाल नम्बर एक प्रोफेसनल गल्फ खेलाडी शुक्रबहादुर राई प्रोफेसनल गल्फ टुर अफ इन्डिया अन्तर्गत टाटा स्टील पिजीटीआई प्लेयर्स च्याम्पियनसिपमा कट बनाउन असफल भएका छन् ।

पहिलो‌ दिन १-ओभर ७३ स्कोर गरेका शुक्रले दोस्रो राउण्डमा खराब प्रदर्शन गर्दै ६-ओभर ७८ खेले । ३६ होलको समाप्तीमा ७-ओभर १५१ स्कोर खडा गरेका शुक्र तीन सटले कट बनाउन चुके । कूल १२६ मध्ये ४-ओभर १४८ सम्मका ६० खेलाडीले अन्तिम दुई राउण्डका लागी स्थान सुरक्षित गरे ।

पहिलो दिन संयुक्त रूपमा ३७ औ स्थानमा रहेका शुक्र भने दोस्रो दिनको‌ खेल समाप्त हुँदा ७८ औं स्थानमा झर्न पुगे । १०औं होलबाट दिनको शुरुआत गरेका उनले फ्रन्ट नाईनमा ४-ओभर ४० र ब्याक नाईनमा २-ओभर ३८ को निराशाजनक प्रदर्शन गरे ।

शुकले आफ्नो फ्रन्ट नाईनमा तीन बोगी र एक डबल बोगी खेपे भने एउटा बर्डी प्रहार गरे । ब्याक नाईनमा पनि उनले लय समात्न सकेनन । तेस्रो होलमा बर्डी प्रहार गरेता पनि शुक्रले पाँचौं होलमा एक सट खेर फाले र‌ आठौंमा डबल बोगी खेपे ।

यो‌ सहित शुक्र कूल सात मध्ये चौंथो प्रतियोगितामा कट बनाउन असफल भएका हुन । भारतीय गल्फ टुरमा पहिलो पटक खेलिरहेका शुक्रले अब अगस्ट २३ देखि २६ सम्म सञ्चालन हुने चेन्नई ओपन गल्फ च्याम्पियनसिपमा भाग लिनेछन् ।

प्रकाशित मिति : ३ भदौ २०७९, शुक्रबार  ७ : ४९ बजे

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०