१७ माघ २०८२, शनिबार | January 31, 2026

गल्फ: शुक्र कट बनाउन‌ असफल



काठमाडौं । नेपाल नम्बर एक प्रोफेसनल गल्फ खेलाडी शुक्रबहादुर राई प्रोफेसनल गल्फ टुर अफ इन्डिया अन्तर्गत टाटा स्टील पिजीटीआई प्लेयर्स च्याम्पियनसिपमा कट बनाउन असफल भएका छन् ।

पहिलो‌ दिन १-ओभर ७३ स्कोर गरेका शुक्रले दोस्रो राउण्डमा खराब प्रदर्शन गर्दै ६-ओभर ७८ खेले । ३६ होलको समाप्तीमा ७-ओभर १५१ स्कोर खडा गरेका शुक्र तीन सटले कट बनाउन चुके । कूल १२६ मध्ये ४-ओभर १४८ सम्मका ६० खेलाडीले अन्तिम दुई राउण्डका लागी स्थान सुरक्षित गरे ।

पहिलो दिन संयुक्त रूपमा ३७ औ स्थानमा रहेका शुक्र भने दोस्रो दिनको‌ खेल समाप्त हुँदा ७८ औं स्थानमा झर्न पुगे । १०औं होलबाट दिनको शुरुआत गरेका उनले फ्रन्ट नाईनमा ४-ओभर ४० र ब्याक नाईनमा २-ओभर ३८ को निराशाजनक प्रदर्शन गरे ।

शुकले आफ्नो फ्रन्ट नाईनमा तीन बोगी र एक डबल बोगी खेपे भने एउटा बर्डी प्रहार गरे । ब्याक नाईनमा पनि उनले लय समात्न सकेनन । तेस्रो होलमा बर्डी प्रहार गरेता पनि शुक्रले पाँचौं होलमा एक सट खेर फाले र‌ आठौंमा डबल बोगी खेपे ।

यो‌ सहित शुक्र कूल सात मध्ये चौंथो प्रतियोगितामा कट बनाउन असफल भएका हुन । भारतीय गल्फ टुरमा पहिलो पटक खेलिरहेका शुक्रले अब अगस्ट २३ देखि २६ सम्म सञ्चालन हुने चेन्नई ओपन गल्फ च्याम्पियनसिपमा भाग लिनेछन् ।

प्रकाशित मिति : ३ भदौ २०७९, शुक्रबार  ७ : ४९ बजे

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

इक्यान रुपन्देहीद्वारा केन्द्रीय समितिको नव निर्वाचित नेतृत्व सम्मान

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले इक्यान केन्द्रीय

नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा खेलकुद पत्रकारिता र फोटो पत्रकारिता पुरस्कार स्थापना

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले पत्रकारिताको विविध विधामा

‘आलु बिक्री गर्न बजारको समस्या छैन’

रामेछाप । सुनकोशी गाँउपालिका-३ स्थित झाङङ्गाझोली, बोहोरेटार र गणेश स्थान