२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

एक वर्षमा साढे दुई अर्बको क्यामराले फोटो र भिडियो खिच्छन् नेपाली



काठमाडौं । नेपालमा एक वर्षमा करिव साढे दुई अर्ब रुपैयाँको विभिन्न प्रकारका क्यामरा भित्रने गरेको पाइएको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मुल्य बराबरको क्यामना नेपाल भित्रिएको हो ।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले विभिन्न देशबाट २ अर्ब ४६ करोड ४९ लाख २४ हजार रुपैयाँको क्यामरा आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

सो अवधिमा ४ लाख ३६ हजार ८९७ थान विभिन्न प्रकारका क्यामरा नेपाल भित्रिएको विभागले जनाएको छ ।

विभागका अनुसार गत आर्थिक वर्ष २५ करोड ७६ लाख ७७ हजार रुपैयाँको टेलिभिजन क्यामरा, १६ करोड २२ लाख ११ हजार रुपैयाँको डिजिटल क्यामरा, ५ करोड ८७ लाख ७२ हजार रुपैयाँको भिडियो क्यामरा रेकर्डर र १ अर्ब ९० करोड २१ लाख ९५ हजार रुपैयाँको अन्य क्यामरा नेपालले आयात गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले १ अर्ब ७७ करोड २४ लाख १४ हजार रुपैयाँको विभिन्न क्यामराहरु आयात गरेको थियो । सो मुल्यमा ३ लाख ९९ हजार २२ थान क्यामरा नेपाल भित्रिएको थियो ।

नेपालमा क्यामराहरु अष्ट्रेलिया, चीन, जर्मनी, भारत, इन्डोनेसिया, जापान, मेक्सिको, सिंगापुर, थाइल्याण्ड, युनाइटेड अरब इमिरेट्स, अमेरिका, इजिप्ट, इजरायल, इटाली, दक्षिण कोरिया, कुवेत, मलेसिया, न्युजल्याण्ड, कतार, बेलायत, भियतनाम लगायतका देशबाट आउने गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ३ भदौ २०७९, शुक्रबार  १२ : ४३ बजे

बुद्ध-परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका-४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

१५ किलोमा लेदो खसेपछि नारायणगढ-मुग्लिन सडक एकतर्फी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

प्रधानमन्त्री शाहले राष्ट्रियसभामा दुई निकायको वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न