२४ श्रावण २०८३, आइतबार | August 9, 2026

बेग्ला बेग्लै घटनामा कैलाली र मुगुमा २ जनाको मृत्यु



बुटवल । कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । कैलाली, घोडाघोडी नगरपालिका ९ फारम बस्ने धर्म बिष्टको छोरा ५ वर्षीय कमल बिष्टको मृत्यु भएको हो ।

सोही ठाउँस्थित कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर बिहीबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उता मुगुको छायानाथरारा नगरपालिका–११ का १९ वर्षीय अजबहादुर कुमाईको चट्याङ लागेर ज्यान गएको छ । चट्याङ लागेर शेरबहादुर बुढा बेहोस भएका छन् ।

नगरपालिकाको ऋणीमोक्ष बाघजाउला भन्ने ठाउँमा बिहीबार दिउँसो भेडा चराउँदै गर्दा एक्कासी चट्याङ लागेर कुमाईको मृत्यु भएको र बुढा बेहोस भएको प्रहरीले जनाएको छ । बेहोस भएका बुढा एक घण्टापछि होसमा आएका थिए ।

प्रकाशित मिति : ३ भदौ २०७९, शुक्रबार  ९ : ४० बजे

नेपाल समृद्ध बनाए मात्र नेपालीले सुख पाउने बाटो खुल्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

सुदूरपश्चिम । खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले

झापामा हात्तीपीडितलाई दुई करोड क्षतिपूर्ति

झापा । झापामा मानव-हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब रु

अनुदानमा भैँसी वितरणले किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको

हुलाकबाट एक करोड राजस्व सङ्कलन

चितवन । जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा रु