१० पुस २०८२, बिहिबार | December 25, 2025

इन्धनको मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले पहल गर्नुपर्छ : कांग्रेस नेता सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले चाहेमा मूल्य वृद्धि नियन्त्रण गर्न सक्ने उनले बताए ।

शनिबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामुदायिक सभा हल उदघाटन कार्यक्रममा बोल्दै नेता सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने बताए ।

इन्धनको मूल्य समायोजनप्रति आफ्नै पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकारको ध्यानाकर्षण गराउँदै नेता सिंहले भने, ‘अटोमेटिक प्राइसिङ सिस्टम त छँदैछ, उपभोक्तालाई मारमा पार्दिनु भएन । सरकारले अलिकति पहल गर्नुपर्‍यो ।’

स्वचालित मूल्य प्रणाली लागू गरिए पनि अन्तर्राष्ट्रिय बजारमा तीन पटकसम्म इन्धनको मूल्य घट्दा समेत नेपाल आयल निगमले मूल्य घटाएको छैन । यसबाट सरकारको आलोचना भइरहेको छ ।

उनले सरकारका कामकारबाही तल्लो तहका समुदायले राहत महसुस गर्नुपर्ने खालको हुनुपर्ने बताए । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काममा पनि समुदायलाई सहभागी गराउनुपर्ने उनको मत छ । उनले काठमाडौं महानगरपालिकालाई फोहोरको दीर्घकालीन व्यवस्थापनको उपाय खोज्न सुझाव दिए ।

फोहोरमा राजनीतिकरण भएकोमा विरोध जनाउँदै उनले महानगरपालिका, वडा वा सरकारले गर्ने कामहरुमा राजनीतिकरण गर्न नहुने धारणा राखे । ‘हामीले गरेका कामबाट समुदायले राहत महसुस गर्नुपर्छ । यसलाई राजनीतिकरण गर्नु हुँदैन,’ नेता सिंहले भने ।

बागमती प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठका अनुसार प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रमको १४ लाख रुपैयाँ बजेटमा सामुदायिक सभा हल निर्माण गरिएको हो । त्यसका लागि बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले चालु आर्थिक वर्षमा थप २० लाख रुपैयाँ छुट्याएको उनले बताए ।

प्रकाशित मिति : ४ भदौ २०७९, शनिबार  १२ : ०८ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र