१७ श्रावण २०८३, आइतबार | August 2, 2026

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी कुमार बेनको ज्वागलस्थित निवासबाट बाहिरिएका छन् । वैकल्पिक राजनीतिक धारसँग दिनभर छलफलमा व्यस्त रहेका बालेन बुधबार बिहान साढे ७ बजे ज्वागल पुगेका थिए भने सोही दिन राति मात्रै त्यहाँबाट बाहिरिएका हुन् ।

स्रोतका अनुसार बालेनले बुधबार दिनभर विभिन्न राजनीतिक व्यक्तित्वहरूसँग भेटघाट गर्दै समसामयिक राजनीतिक अवस्था, वैकल्पिक शक्ति निर्माण र भावी रणनीतिबारे छलफल गरेका थिए । उनी सोही क्रममा आफू सक्रिय राजनीतिमा आएको सन्देश दिँदै संवादमा जुटेका हुन् ।

बालेनले उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा। बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका नेता सुनिल शर्मा, अमरेशकुमार सिंह, रक्षा बम तथा जेनजी अभियानका प्रतिनिधिसहित करिब २५ भन्दा बढी राजनीतिक तथा सामाजिक व्यक्तित्वसँग भेटघाट गरेका छन् ।

भेटघाटका क्रममा बालेनले आफू औपचारिक रूपमा राजनीतिमा प्रवेश गरिसकेको र वैकल्पिक राजनीतिक धार निर्माणका लागि सहकार्य आवश्यक रहेको धारणा राखेका थिए । सहभागी नेताहरूसँग समसामयिक राजनीतिक अवस्था, युवा सहभागिता, सुशासन र आगामी राजनीतिक यात्राबारे व्यापक छलफल भएको बताइएको छ ।

राजनीतिक वृत्तमा बालेनको पछिल्ला गतिविधिलाई नयाँ राजनीतिक समीकरणको संकेतका रूपमा हेरिएको छ । निरन्तर भेटघाट र सक्रियताले उनले छिट्टै औपचारिक राजनीतिक कदम सार्वजनिक गर्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ९ : ०५ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले