१ पुस २०८२, मंगलबार | December 17, 2025

बुटवलमा संचालनको तयारीमा रहेको भारतिय प्रजनन् स्वास्थ्य शिविरमाथि उपमहानगरको हस्तक्षेप, शिविर चलाउन रोक



बुटवल । गैरकानुनीरुपमा प्रजनन उपचार भन्दै भारतबाट नेपालमा आएर स्वास्थ्य परामर्श दिन खोज्ने एक चिकित्सकको शिबिरलाई बुटवल उपमहानगरले हस्तक्षेप गरेर रोकेको छ । गोरखपुरकी एक स्त्री रोग विशेषज्ञको नाममा प्रजजन् स्वास्थ्य शिविर राख्ने तयारीमा रहेकी डा. नेहा सिंहको शिविरलाई उपमहानगरको स्वास्थ्य महाशाखाले रोक लगाएको हो ।

बुटवल स्थित होटल डासिंसमा आजबाट शुरु हुन गईरहेको प्रजनन् स्वास्थ्य शिविरलाई रोक लगाईएको बुटवल उपमहानगर स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए । नेपाल सरकारको कुनै पनि निकायमा सूचीकृत नगरि र कुनै निकायबाट स्विकृती समेत नलिई शिविर संचालनको तयारी गरिएकाले रोक लगाईएको पाण्डेले बताए ।

पाण्डेका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. बिन्दु खरेलको सहयोगमा गोरखपुरकी विशेषज्ञ भनिएकी नेहा सिंहले बुटवलमा प्रजनन् स्वास्थ्य शिविर चलाउने तयारी गरेकी थिईन् । नेपालको मेडिकल काउन्सिल र कुनै निकायबाट अनुमति नपाएका कसैलाई स्वास्थ्य जस्तो संवेदनशिल विषयमा खेडवाल गर्ने छुट नदिईने प्रमुख पाण्डेले बताए ।

निशुल्क भिडियो एक्सरे, निशुल्क दर्ता र परामर्शको विज्ञापन गरेर प्रजनन् समस्या भएका महिलाहरुलाई भारतमा उपचार गर्न पठाउने मिशनका साथ शिविर संचालन गर्ने तयारी गरिएको उनले बताए ।

प्रकाशित मिति : ४ भदौ २०७९, शनिबार  ७ : ३५ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष