१० पुस २०८२, बिहिबार | December 25, 2025

एकीकृत समाजवादीको माओवादी केन्द्रसँग निकटता छ : झलनाथ खनाल



बुटवल। गठबन्धनबाट भावी राष्ट्रपतिकारुपमा चर्चा चलाइएका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू अझै एक पटक प्रतिनिधिसभाको निर्वाचन लड्ने घोषणा गरेका छन् । सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री खनालले आफूू अन्तिम पटकका लागि प्रतिनिधिसभामा उम्मेदवार हुने बताएका हुन्।

भैरहवा स्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुुराकानी गर्दै खनालले जनताको माया पिरती अझै नटुटेको दाबी गरे । उनले आगामी निर्वाचनमा पनि इलामको क्षेत्र न. १ बाट गठबन्धनको उम्मेदवारको रुपमा चुनाव लड्ने जानकारी दिए । ‘४८ सालदेखि चुनाव लड्दै आएको छुु, अब आगामी मंसिरमा हुने चुनावमा एक पटक लडछुु।’ उनले भने ।

उनले गठबन्धन दृढतापूर्वक अगाडि बढ्ने दाबी गर्दै गठबन्धन चुनाव सम्म मात्रै वा पछि सम्म जान्छ भन्नेमा भने अनिश्चित रहेको बताए।

नेता खनालले अहिले आफूूहरु नेकपा माओवादी केन्द्रसँग निकटतामा रहेको बताउँदै तत्काल एमालेसँग तालमेल र एकताको सम्भावना नरहेको बताए। ‘मुलुकका लागि बृहत वामपन्थी एकताको आवश्यकता थियो, त्यो भएन तर समाजवादी रुपान्तरणको शिलशिलामा एकताबद्ध हुनैपर्छ’ उनले भने।

पूर्वप्रधानमन्त्री खनालले वामदेव गौतमले माओवादीको चुनाव चिन्ह हँसिया हथौडा लिएर निर्वाचन लड्ने कुरा सामान्य भएको बताए। ‘वामदेव जी हामीसँगै हुनुहुन्छ, चुनाव चिन्ह कुनै सिद्धान्त होईन’ उनले भने –‘हामीसँगै छौं।’

प्रकाशित मिति : ५ भदौ २०७९, आइतबार  १ : ३५ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र