२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

शंकरनगरमा डाईबेटिज, मृगौला र उच्च रक्तचापको नि-शुल्क स्वास्थ्य परिक्षण शिबिर शुरु



बुटवल । स्वास्थ्य शरीर स्वस्थ्य परिवार स्वास्थ्य समाज नारासहित स्थापना भएको जनकलाल हेल्थ फाउन्डेसनले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा दुई दिने निशुल्क स्वास्थ्य परिक्षण शुरु गरेको छ । केन डाईबेटिज एण्ड थाईरोईड सेन्टरको प्राविधिक सहयोगमा जनकलाल हेल्थ फाउन्डेसन र झिगु नेवाः पुच शंकरनगरको सहयोगमा मृगौला, मधुमेह र उच्च रक्तचाप सम्बन्धि निशुल्क रक्त परिक्षण कार्यक्रम शुरु भएको हो ।

शिविरको शुभारम्भ कार्यक्रममा बोल्दै केन सेन्टर शंकरनगरका चेयरमेन तथा मधुमेह रोग परामर्श, ब्यवस्थापक दिनेश कक्षपतिले खानपिन, ब्यायाम र तनावपूर्ण अवस्था रोगको मुख्य कारण भएको भन्दै यसको ब्यवस्थापन गर्न सुझाव दिए। रोगको सहि पहिचान हुन नसक्दा बिरामीहरु समस्यामा रहेको भन्दै उनले गुणस्तरीय परिक्षण केनको मुख्य लक्ष्य रहेको उनले बताए। उनले विश्वमा नसर्ने रोगको बिरामीहरुको संख्या बढि रहेको भन्दै यसतर्फ सचेत हुनुपर्ने पनि बताए।

केनमार्फत कक्षपतिले नेपालमा २० वर्षदेखि मधुमेह र १६ वर्षदेखि मृगौला सम्बन्धि काम गर्दै आएका छन् ।

केन सेन्टर शंकरनगर परिसरमा भएको कार्यक्रमको नेवाः दय देबुका रुपन्देही जिल्ला अध्यक्ष रुद्रलाल श्रेष्ठले उद्घाटन गर्दै जनकलालबाट भएको सामाजिक कार्यको स्मरण गरे। पहाडबाट बसाइ सरेर शंकरनगरमा आएका जनकलाल कक्षपतिबाट समुदायमा स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण कार्य गरेको उनले बताए।

कार्यक्रममा झिगु नेवा पुच, तिलोत्तमा नगरपालिकाका अध्यक्ष विष्णुकुमार श्रेष्ठले रोगको परिक्षण पहिलो चरण भएको भन्दै यसपछि ध्यान दिनसके रोगलाई नियन्त्रण गर्न सकिने बताए।

सोमबार र मंगरबार २ दिन चल्ने निशुल्क शिबिरमा आज मात्र ५० जनाको परिक्षण गरिएको कक्षपतिले जानकारी दिए ।

केन सेण्टरमा हरेक महिनाको २ पटक (४दिन) मधुमेह, थाईरोईड र हर्मोन विशेषज्ञ डा. जस्मिन तुलाधर र डा. नरेश पराजुलीबाट परिक्षण हुँदै आएको छ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ११ : १३ बजे

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार

सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो

बुटवल । यातायात क्षेत्रसँग सम्बद्ध विभिन्न व्यक्तिहरुले सहजरुपमा यातायात व्यवसाय

भारतबाट नेपाल आएर जुवा (सट्टेबाजी) खेलाउने १३ जना प्रहरीबाट सार्वजनिक(नामसहित)

बुटवल । बुटवलबाट सट्टेबाजी गरेको अभियोगमा पक्राउ परेका १३ जना

बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक पुनः डिजाईनको लागि कार्यदल गठन

बुटवल । बुटवल बेलहीया ब्यापारीक मार्ग अन्तरगत बुटवलको चौराहादेखि चिडियाखोलासम्मको

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास

गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि