२० मंसिर २०८२, शनिबार | December 6, 2025

सिट बाँडफाँट गर्न गठबन्धनको बैठक बस्दै



काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ३ बजे गठबन्धन बैठक बस्ने एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ ।

जस कारण सोमबार गठबन्धनका शीर्षनेताहरुको बैठक बस्न लागेको हो ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनावमा होमिने तयारी छ । तर, कुन दललाई कति सिट दिने भन्ने विषयमा भने दलहरुबीच सहमति जुट्न सकेको छैन ।

प्रकाशित मिति : ६ भदौ २०७९, सोमबार  १२ : ४१ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति