१९ पुस २०८२, शनिबार | January 3, 2026

केही दिन पानी नपर्ने, गर्मीबाट बच्न सतर्कता अपनाउन आग्रह



काठमाडौं । मध्य मनसुनका बेला नेपालमा तापक्रममा उच्च वृद्धि भएको छ ।

काठमाडौं उपत्यकालगायत देशभर तापक्रम वृद्धि भएपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

केही दिनयता काठमाडौं उपत्यकामा पानी पर्न छाडेको छ । पूरा आकाश खुल्दा गर्मी अत्यधि बढेको छ । आइतबार २९ डिग्री सेल्सियस रहेको काठमाडौंको तापक्रम सोमबार ३० डिग्री सेल्सियस पुगेको छ ।

‘विगत केही दिनदेखि वायुको तापक्रममा वृद्धि भइरहेको र आज पनि वृद्धि हुने क्रममै रहेकाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ मौसम पूर्वानुमान महाशाखाले जारी गरेको नोटमा भनिएको छ ।

यस वर्षको मनसुनमा देशभर आवश्यक मात्रामा पानी नपर्दा किसानहरू समस्यामा परेका छन् । मधेस प्रदेशलगायतका जिल्लामा तापक्रम उच्च रूपमा वृद्धि भएको छ । खडेरीले रोपेका धान पनि सुक्न थालेका छन् ।

प्रकाशित मिति : ६ भदौ २०७९, सोमबार  १ : ०१ बजे

कांग्रेसलाई विभाजनबाट जोगिन एमाले नेता ज्ञवालीको आग्रह

काठमाडौं । नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको जस्तो देखिएको संकटपूर्ण

नवलपुरमा सवारी जाँचपासमै कमिसनको खेल

नवलपुर । नवलपुरको यातायात ब्यवस्था कार्यलयमा सवारी साधन जाँचपास प्रक्रियामै

पोखरा-मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप

कास्की । पृथ्वीराजमार्ग अन्तर्गत पोखरा-मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना

म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका हुँदै बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ । स्वास्थ्य सुविधालाई थप सहज बनाउन बागलुङका ४९ स्वास्थ्य