८ आश्विन २०८३, बिहिबार | September 24, 2026

विद्यालयमा गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि रौतहटमा बिहानमा कक्षा सञ्चालन



रौतहट । पछिल्ला केही दिनदेखि बढ्दो गर्मीका कारण रौतहटका कैयौं विद्यालयको कक्षा कोठामै विद्यार्थीहरु बेहोस हुन थालेका छन् ।

गर्मीको कारण विद्यार्थी बेहोस हुन थालेपछि अधिकांश विद्यालयमा बिहानको कक्षा सञ्चालन गरिएको छ । अत्याधिक गर्मी बढेका कारण सोमबार स्थानीय राजदेवी नगरपालिका स्थित रहेको श्री माध्यमिक विद्यालय पथरामा ४ जना छात्रछात्राहरु बेहोस भएका थिए ।

जिल्ला शिक्षा समन्वय ईकाई रौतहटका एकजना अधिकृत उपेन्द्र सिंहका अनुसार गर्मीको कारण अचेत भएका ती विद्यार्थीको मुखबाट सेतो फिज निक्सिएको थियो ।

विद्यालयमा गर्मीबाट विद्यार्थीहरुलाई बचाउन  राजदेवी नगरपालिकामा विद्यालय सञ्चालनको समय बिहानको ६:३० बजे गरिएको सिंहले बताएका छन् । गर्मीले विद्यार्थीमा समस्या देखिन थाले पछि चन्द्रपुर नगरपालिकाले आज देखि १६ गतेसम्मका लागि बिहान ६ बजेदेखि विद्यालय सञ्चालन गर्न सूचना जारी गरेको छ ।

त्यस्तै कटहरिया नगरपालिकाका शिक्षा संयोजक अनिल कुमार निधिले आजदेखि अर्को सूचना नहुन्जेल सम्मका लागि नगरको सम्पूर्ण विद्यालय बिहान ६:३० देखि सञ्चालन गरिएको जानकारी दिएका छन् । त्यस्तै देवाही गोनाही नगरपालिकाले पनि विद्यालय सञ्चालनको समय बिहान ६:३० देखि गरेको श्री माध्यमिक विद्यालय कर्कच गूठीका प्रधानाध्यापक पवन पन्डितले बताएका छन् ।

१८ पालिका रहेको रौतहटका अधिकांश पालिकामा गर्मीबाट विद्यार्थी बचाउन बिहानमा कक्षा सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  १० : २२ बजे

मौसमी जोखिममा सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले असोज ९ देखि ११ गतेसम्म

वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट बच्न सरकारको उच्च सतर्कता, सबै मन्त्रालय सक्रिय

काठमाडौँ । देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको

प्रदेश विश्वविद्यालयको विधानमा स्वायत्ततामाथि प्रश्न : पुनरावलोकन आवश्यक

बुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालयको विद्यमान विधानका विभिन्न दफा तथा

कांग्रेस महाधिवेशन : पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको यही असोज १६ देखि १९ गतेसम्म

बाँकेमा सुरक्षित आश्रयस्थलको व्यवस्थापन गरिँदै

यही शुक्रबारदेखि तीन दिनसम्म भारी र अति भारी वर्षा हुने