२० मंसिर २०८२, शनिबार | December 6, 2025

कर्णाली प्रदेशमा पहिलो कार्यकालमै बने २० जना मन्त्री



सुर्खेत । कर्णाली प्रदेशको पहिलो कार्यकाल पूरा नहुँदै मन्त्री बन्नेको संख्या दुई दर्जन नजिक पुगेको छ । हालसम्म प्रदेश सरकारमा दुईजना मुख्यमन्त्रीसहित २० जना मन्त्री बनेका छन् ।

सबैभन्दा धेरै मन्त्री माओवादी केन्द्रबाट बनेका छन् । माओवादीबाट एकजना मुख्यमन्त्रीसहित सातजना मन्त्री बनेका छन् ।

माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही प्रदेशको पहिलो मुख्यमन्त्री हुन् भने उनको दलबाट हालसम्म विमला केसी, सीताकुमारी नेपाली, नरेश भण्डारी, गोपाल शर्मा, छिरिङ डम्डुल लामा, विन्दमान विष्ट र गणेशप्रसाद सिंह मन्त्री भइसकेका छन् ।

माओवादीले गैरसांसदलाई समेत मन्त्री बनाएको छ । उसले प्रदेशसभा सदस्य नरहेका छिरिङ डम्डुल लामालाई मन्त्री बनाएको हो । उनको ६ महिने कार्यकाल सकिएको छ ।

मन्त्री बनाउनेमा एकीकृत समाजवादी दोस्रो नम्बरमा छ । एकीकृत समाजवादीबाट ६ जना मन्त्री बनेका छन् । एमालेमा छँदै प्रकाश ज्वाला र नन्दसिंह बुढा मन्त्री बनेका थिए । त्यसपछि फ्लोर क्रस गरेर बुढासहित कुर्मराज शाही र अम्मरबहादुर थापा मन्त्री बने भने एमालेबाट टुक्रिएर एकीकृत समाजवादी बनिसकेपछि चन्द्रबहादुर शाही र पदम रोकायले पनि मन्त्री बन्ने अवसर पाइसकेका छन् ।

कांग्रेसबाट मुख्यमन्त्री जीवनबहादुर शाहीसहित दिनबन्धु श्रेष्ठ, यज्ञबहादुर बुढाक्षेत्री र हिमबहादुर शाही मन्त्री बनेका छन् । सामाजिक विकासमन्त्री बुढाक्षेत्री दोस्रो पटक मन्त्री बनेका हुन् ।

एमालेबाट दल रावल र खड्कबहादुर खत्री मन्त्री बनेका छन् । उनीहरु एमाले र माओवादीको संयुक्त सरकार हुँदा मन्त्री बनेका थिए । कर्णाली प्रदेशको दोस्रो कार्यकालका लागि आगामी ४ मंसिरमा निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : ६ भदौ २०७९, सोमबार  ३ : ५० बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय