२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

नवौँ राष्ट्रिय खेलकुद : तनहुँमा भदौ ९ गतेदेखि खेलाडी छनोट



दमौली । गण्डकी प्रदेशको पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समितिले यही भदौ ९ गतेदेखि जिल्लास्तरीय खेलाडी छनोट गर्ने भएको छ ।

जिल्लाका विभिन्न ठाउँमा खेल सञ्चालन गरी सो प्रतियोगिताका लागि खेलाडी छनोट गरिने समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषद्बाट तोकिएका ३६ खेलमध्ये १४ खेलको विशेष प्रशिक्षण र २२ खेलको प्रतियोगिता नै सञ्चालन गरी खेलाडी छनोट गरिने उहाँले बताए ।

भदौ ९ गते उसुको घिरिङमा, बक्सिङको खैरेनीटारमा र भदौ ९ गते नै क्रिकेटको निर्मल माविमा खेल सञ्चालन गरिने जनाइएको छ । त्यस्तै भदौ १० गते फुटबल, भलिबल, ब्याडमिन्टन, एथ्लेटिक्स, कबड्डीको दमौली र तेक्वान्दोको खैरेनीटारमा खेल सञ्चालन गरिनेछ ।

भदौ ११ गते भलिबल, बास्केटबल, टेवलटेनिस, बुद्धिचाल र कराँतेको दमौलीमा, आइटिएम तेक्वान्दोको भिमाद र फुल कन्ट्याक्ट करातेको शुक्लागण्डकीमा खेल सञ्चालन हुने कार्यतालिका सार्वजानिक गरिएको छ । करिब चार दशकपछि गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने अवसर प्राप्त गरेको छ । विसं २०४० मा दोस्रो संस्करणको आयोजनापछि पोखरालाई नवौँ संस्करण आयोजनाको मौका मिलेको हो ।

राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनसहित ३८ खेल सञ्चालन हुनेछन् । अधिकांश खेल पोखरामा र केही खेल पोखरा बाहिर गर्ने तयारी छ । प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गर्ने योजना बनाइएको छ ।

तनहुँमा बास्केटबल खेलाउने सम्भावना

प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशका प्रत्येक जिल्लामा कम्तीमा एउटा खेल खेलाउने तयारी गरिएको छ । यसका लागि तनहुँमा बास्केटबलको सम्भावना छ । व्यास नगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालयमा खेलकुद परिषद्कै सहयोगमा मापदण्डअनुसारको बास्केटबल कोर्ट निर्माण गरिएकोे अध्यक्ष पाण्डेले बताए ।

प्रतियोगिताअन्तर्गत गठित खेल व्यवस्थापन उपसमितिलाई पनि सोही सुझाव दिइएको जनाइएको छ । गण्डकी प्रदेशमा हुन लागेको नवौं खेलकुद प्रतियोगिता सफल पार्नु सबै प्रदेशवासीको जिम्मेवारी भएको जनाउँदै तनहुँ पनि उक्त जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको अध्यक्ष पाण्डेले बताए ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ९ : ०२ बजे

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ

जिल्ला प्रशासन कार्यालय जाजरकोटको सेवा अब प्रिफ्याब भवनबाट

जाजरकोट । टेन्टबाट सेवा दिदै आएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले

उपेन्द्र यादवले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक