२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

१० बर्ष पछि बिओके र हिमालयन बैंकले पाए चीनमा फसेको रकम फिर्ता



काठमाडौं । हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले झन्डै एक दशकसम्म चिनियाँ बैंकमा फसेको रकम फिर्ता पाएका छन ।

गत १५ साउनमा चिनिया अदालतवाट मुद्दा जितेको २० दिनपछि मंगलवार हर्जनासहित दुवै बैंकले रकम फिर्ता पाएका हुन ।

चिनिया अदालतमा मुद्दा जिते पछि चाइना कन्स्ट्रक्सन बैंकले दुवै बैंकको रकम मंगलवार फिर्ता पठाएको छ। जसअनुसार बैंक अफ काठमाण्डूले ६६.२५ लाख अमेरिकी डलर र १४.११ लाख यूरो थप हर्जनासहित रकम फिर्ता पाएको छ भने हिमालयन ७० करोड रुपैयाँ फिर्ता पाएको छ ।

मेलम्ची खानेपानी आयोजना सम्बन्धी मुद्धामा चिनिया अदालतले हिमालय र बिओकेको पक्षमा १५ साउनमा फैसाला सुनाएको थियो । मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित जमानतमा भएको नोक्सानी असुलउपरको मुद्दा नेपाली बैंकहरुले चिनिया तल्लो अदालतवाट जिते पनि उच्च अदालतमा जानु पर्ने कारणले रकम फिर्ता पाउन सकेका थिएनन । तर, १५ साउनमा चिनिया अदालतमा अन्तिम फैसाला भएसँगै दुबै नेपाली बैंकलाई चिनिया कन्ट्रक्सन बैंकवाट नेपाल रकम ल्याउन बाटो खुलेको थियो ।

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चाइना कन्स्ट्रक्सन बैंकले रकम फिर्ता गर्न आनाकानी गरे पछि दुबै बैंकले चिनिया अदालतमा मुद्धा दायर गरेका थिए । जसको अन्तिम फैसाला चिनिया अदालतमा १५ साउनमा भएको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ८ : ३५ बजे

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

काठमाडौं । हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको

भारतमा लोकसभाको आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं । भारतमा आज लोकसभा चुनावको तेस्रो चरणको मतदान भइरहेको

बुटवलको देविनगरस्थित एक गोदाममा आगलागी, ढाई करोड बढीको क्षति

बुटवल । बुटवलको देविनगरस्थित एक गोदाममा आगलागी भएको छ ।

ढुङ्गामा हात्तीको आकृति

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-१ हात्तिबाङमा ढुङ्गामा हात्तीको आकृति बनाउँदै