१६ माघ २०८२, शुक्रबार | January 30, 2026

पार्टीभित्रको एकता बलियो बनाउन एमाले अध्यक्ष ओलीको आग्रह



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकता बलियो भएमा आउँदो निर्वाचनमा धेरै स्थानमा जित्न सकिने बताएका छन । एमालेमा गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भएको अन्तरघातबारे छानबिन चलिरहेको छ ।

एमालेको पर्सा जिल्ला कमिटीले आज काठमाडौंमा आयोजना कार्यक्रममा अध्यक्ष ओलीले आफू उम्मेदवार नभए वा अवसर नपाएमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने प्रवृत्ति त्यागेर जिताउने भूमिका निर्वाह गर्न आग्रह गरे ।

उनले जनता र कार्यकर्तासँग विनम्र, भद्र र शालीन भएर पार्टीको निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै पार्टीले निर्वाचन जितेर सरकारको नेतृत्व गर्ने स्थिति भएमा थप अवसर सिर्जना हुने विश्वास दिलाए ।

पूर्व प्रधानमन्त्री ओलीले मधेसतिर जाँदा एमालेलाई मधेस विरोधी र पहाडतिर जाँदा पहाड विरोधी हो भनेर चलाइएका हल्ला गलत सावित भएकाले अबको निर्वाचनमा त्यस प्रकारको हल्लाको सामना गरिरहन नपर्ने स्पष्ट गरे । उनले नागरिकता समस्यालाई वास्तविकरुपमा समाधान गर्ने पार्टी एमाले मात्रै भएको जिकिर गरे ।

 

प्रकाशित मिति : ७ भदौ २०७९, मंगलबार  ८ : ३८ बजे

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी

पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’