२२ माघ २०८२, बिहिबार | February 5, 2026

पोखरामा हुने अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि १ हजार खेलाडीले नाम दर्ता गरे



पोखरा । पोखरामा यही असोज ६ गतेदेखि ९ गतेसम्म माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुँदै छ ।

हालसम्म १ हजार भन्दा बढी खेलाडीले नाम दर्ता गराइसकेका आयोजकले जनाएको छ । प्रतियोगितामा क्योरोगीतर्फ ८ सय ११ र पुम्सेतर्फ २ सय भन्दा बढीले आफ्नो नाम टिपाएका गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङले जानकारी दिए ।

दक्षिण एशियामा नै पहिलो पटक उक्त प्रतियोगिता नेपालमा आयोजना गर्न लागिएको हो । प्रतियोगितामा १ दर्जनभन्दा बढी देशका खेलाडीले सहभागिको दर्ता गराइसकेको उनले बताए ।

‘१ हजार ५ सय खेलाडी पोखरा आउने अपेक्षा गरेका छौं । यसले कोभिडका कारण समस्यामा रहेको पर्यटन क्षेत्रलाई उकास्न टेवा पुग्छ,’ उनले भने, ‘जतिसक्दो धेरै खेलाडी सहभागी गराउने प्रयास गरेका छौं ।’

प्रतियोगितामा विश्वभरीका खेलाडी, निर्णायक तथा प्रशिक्षक, सहभागी खेलाडीका परिवारका सदस्यहरू र तेक्वान्दो महासंघका विशिष्ट पदाधिकारीसहित २ हजार भन्दा बढीको उपस्थिति रहने बताइएको छ । सोही प्रतियोगिता यसअघि काठमाडौंमा आयोजना गरिएको थियो । कोभिडका कारण लगातार २ वर्ष प्रतियोगिता हुन सकेन ।

प्रतियोगितामा सिनियर र जुनियरतर्फको क्योरोगीतर्फ महिला र पुरुष गरी विभिन्न ८ वटा तौल समुहमा कुल १६ वटा तौलमा तथा पुम्सेतर्फ समेत १४ देखि ६० वर्ष भन्दा माथी एकल, जोडी र समुहमा प्रतिष्पर्धा हुने आयोजक समितिका सदस्य एवम् ओलम्पियन दिपक विष्टले जानकारी दिए ।

विश्व तेक्वान्दो महासंघले नेपालमा तेक्वान्दो खेलको विकासका साथै नेपाल र पोखराको खेल पर्यटन प्रवद्र्धन गर्न प्रतियोगिता स्विकृती प्रदान गरेको आयोजकले जनाएको छ । प्रतियोगिता पूरा गर्न २ करोड ५५ लाख खर्च लाग्ने अनुमान छ ।

प्रकाशित मिति : ७ भदौ २०७९, मंगलबार  १० : ०० बजे

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना

‘उम्मेदवारले भारतीय नम्बर प्लेट नम्बरको सवारीसाधन प्रयोग गर्न मिल्दैन’

वीरगञ्ज । जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षणमा विशेष छुट सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने